म्याग्दी, १५ जेठ – म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमित र दीर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना युकेका प्रतिनिधि राजु पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका छन् ।
मोना यूकेले बेनी अस्पताललाई १ थान, मोना आइसीमार्फत म्याग्दीमै आउने गरी १ थान र बेलायतस्थीत नेपाली दुतावासलाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको अध्यक्ष दल जुग्जालीले बताए ।
उनले म्याग्दी जिल्लाका बिरामीलाई उपचारका लागि कुनै समस्या हुन नदिन भविष्यमा समेत थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । मोना युकेको जुम मिटिङबाट जिल्लामा अक्सिजनको आवश्यकता परेकाले तत्काल व्यवस्थापनमा जोड दिइएको महासचिव लालु पुनले जानकारी दिए ।





