बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घर पछाडीबाट पहिरो खस्दा व्यासमा बृद्धाको मृत्यु

घर पछाडीबाट पहिरो खस्दा व्यासमा बृद्धाको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १५ २०७८, शनिबार
फाईल तस्विर

तनहुँ, १५ जेठ– केही दिनदेखी निरन्तर भैरहेको बर्षासँगै पहिरो खसेर घर पुरिँदा तनहुँमा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मल नगर टोलकी ६२ बर्षीया सरस्वती घर्ती रहेकी छन् ।
गएराती १ बजे घर पछाडीको ठुलो ढुंगा खसेर घर भत्किदा पहिरोमा च्यापिएर ती वृद्धा घाईते भएको वडाध्यक्ष खरसिंह दरैले बताए । ‘त्यहाँबाट उद्धार गरेर अस्पताल लैजादा बाटोमै मृत्यु भएको हो’, उनले भने ।
ती बृद्धासहित ५ जनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य ४ जना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए । ती चार जना शकुसल रहेका छन् । घरको पछाडी पट्टीको भाग पुर्ण रुपमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->