पोखरा, १७ जेठ – लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिर्गनारायण पाण्डे विजयी भएका छन्।
पाण्डेले स्थानीय तहतर्फ १ सय १८ र प्रदेशसभा तर्फ ४२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर खड्काले स्थानीय तहतर्फ ९३ र प्रदेशसभा तर्फ ४० मत प्राप्त गरे । प्रदेश सभातर्फ एक मत बदर भएको थियो।
निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ ।
विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए ।
खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।





