बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आईसोलेसनलाई जेसिजको अक्सिजन सहयोग

आईसोलेसनलाई जेसिजको अक्सिजन सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७८, मंगलबार
अक्सिजनले भरिएको सिलिन्डर सहित शुक्लागण्डकी जेसिजका पदाधिकारी ।

तनहुँ, १८ बैशाख– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमित जटिल अवस्थाका बिरामीलाई अक्सिजनको महत्व निकै छ । अक्सिजनको अभावमा कतिपय संक्रमितले ज्यान गुमाउन परेको छ । अक्सिजनको महत्व कति हुन्छ अभावमा ज्यान गुमाएको संक्रमित परिवारका सदस्यको अनुभवले भन्छ ।
कोरोना संक्रमति कसैले पनि अक्सिजनको अभावमा मृत्युवरण गर्न नपरोस भन्दै शुक्लागण्डकी जेसिजले आईसोलेसनलाई अक्सिजन सहयोग गरेको छ । जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनलाई २५ वटा ठुलो सिलिन्डरमा अक्सिजन भरेर सहयोग गरेको शुक्लागण्डकी जेसिजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले बताए । संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको उनको भनाई छ । पोखरास्थित कालिगण्डकी अक्सिजन प्रालीबाट अक्सिजन भरेर ल्याईएको हो ।
कोरोनाले मुलुक संकटमा फसेको बेला नियन्त्रणका लागी सबैले आ–आफ्नो भुमिका निर्वाहा गर्नुपर्ने उनी बताउँछिन् । उनी भन्छन्,‘सक्नेले आर्थिक सहयोग गरौँ । नसक्नेले घरमै बसेर निषेधाज्ञाको पालना गरी कोरोना नियन्त्रणमा सघाउ ।’
यो समयमा अक्सिजनको ठुलो महत्व रहेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए । अस्पतालमा रहेको आईसोलेसनलाई सरकारसंगै सामाजिक संघसंस्थाले पनि अक्सिजन सहयोग गर्न थालेको उनले बताए ।
वैशाख तेस्रो साता अस्पतालले आईसोलेसन सञ्चालनमा ल्याउदा ८ वटा ठुलो र २४ वटा सानो अक्सिजनको सिलिन्डर थियो । डा. श्रेष्ठका अनुसार हाल ४८ वटा ठुलो अक्सिजनका सिलिन्डर थपिएका छन् ।
दोस्रो लहरको कोरोनाको महामारी फैलिएपछि तनहुँका १० वटै स्थानिय तह मिलेर बनाईदिएको भवनमा अस्पतालले ३० बेडको आईसोलेसन सञ्चालन ल्याएको छ । प्रत्येक बेडमा अक्सिजनको पाईप जडान गरिएको छ । जिपीको आईलेसनमा हालमा २६ जना संक्रमित उपचाररत छन् । श्वासप्रश्वासका समस्या भएर अक्सिजन दिनुपर्ने अवस्थाका संक्रमितलाई मात्रै यहाँको आईसोलेसनमा राख्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->