बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सेती नदी किनारमा भेटियो म्याग्दीकी महिला पाइजाको शव

सेती नदी किनारमा भेटियो म्याग्दीकी महिला पाइजाको शव


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७८, बुधबार

तनहुँ, १९ जेठ – तनहुँमा एक महिला मृत भेटिएकी छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी तनहुँ शुक्लागण्डकी–२, चुङ्गेडाँडामा बस्दै आएकी थिइन्। हलेदीस्थित सेती नदीको किनारमा मंगलबार ती महिला मृत फेला परेकी हुन्।

हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->