देश उभ्याउने सुसंस्कारजन्य मुल खुट्टा राजनिती हुनु पर्ने हो । राणाकालदेखिनै राजाहरु, पन्चेहरु, काङ्ग्रेसीहरु अनि अहिले आएर कम्युनिस्टहरुमा पनि यी अबगुण हावी भएर अर्काको गल्ती देख्ने तर आफ्नोचाही अरुले नदेखुन भनेर आफ्नालाई लगाएर मज्जाले छेक्ने प्रयास भइरहेको छ ।
उदाहरणका रुपमा युवा बेच्ने, भिख (चुनाव गर्न, खान, लाउन, हात धुन, हग्न, छुइ नबार्न, चेलीबेटी बेश्याबृतिका निम्ति नबेचिउन भन्न, बालबालिका सडकमा नभौतारिउन भन्न, सुइ लाउन अनि यस्ता हजारौं समस्या समाधान गर्छुर गरे भन्दै फुइ लाउन पनि) मागेर देश चलाउन खोज्ने गरिएको छ ।
कार्यकर्तालाई कलो फाल्ने, त्यही कलो खाएसी लङ्गोटी बन्ने, आफ्नो मालिकको गल्ती देखाईदिए भने मरिसकेको अर्काको बिगतको मालिकलाई शव उखालेर भए पनि झम्टिने, अनावश्यक महङ्गी, कर बढाएर सोझासाजाको ढाड सेक्ने, खाद्यान्नमा अखाद्य मिसावट गरेर जनस्वास्थ्य ध्वस्त पार्दिने अनि उपचार गराउनै नसक्ने बनाएर मार्दिने गर्न खोजिएको छ ।
राजनितिक संरक्षण छ यतिसम्म छ कि आफ्नो पार्टीको भएपछि जस्तासुकै अपराधी पनि छुट्ने, अनि आफ्नो पार्टीको छैन भने निरपराधीलाई पनि फसाउने काम भइरहेको छ । भिख मागेर चुनाव गर्ने, त्यही पनि बुथ क्याप्चर गर्ने अनि सरकार बनाउने, भागबण्डा मिलेन भने भङ्ग गर्न तल्लिन हुने र गर्दिने, विधिभन्दा पनि ब्यक्ती हावी हुने, गर्दागर्दै बिकृती र बिसङ्गतिमा फलवन्त हुँदै गइरहेकोले मलाई राजनीतिसङ्ग बितृस्णा लागेको छ ।
अहिलेसम्म त जेजस्तो भएपनि भोट हाल्दै आईरहेको छु । अव हामी बाँच्न पाउनु पर्ने अक्सिजन, भ्याक्सिनसंग भोट साट्न चाहन्छौ । त्यसैले चुनौतीकासाथ म भन्छु यस्तै अवस्था रहेमा बरु मरिन्छ, तर भोट हालिन्न लौजा !





