बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

काठमाडौं उपत्यकामा थपियो जेठ ३१ गतेसम्म निषेधाज्ञा

काठमाडौं उपत्यकामा थपियो जेठ ३१ गतेसम्म निषेधाज्ञा

निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७८, बुधबार

काठमाडौं, १९ जेठ – काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल विहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी प्रशासनले गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->