सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

भेदभाव अन्त्यका लागि मानवीय सोच र व्यवहारमा परिर्वतन आवश्यक: प्रदेश प्रमुख पौडेल

भेदभाव अन्त्यका लागि मानवीय सोच र व्यवहारमा परिर्वतन आवश्यक: प्रदेश प्रमुख पौडेल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार

पोखरा २१ जेठ – गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले सबैखालका विभेद अन्त्य गर्दैै न्याय र समानता मुलक समाजका लागि मानवीय सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छिन् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै अन्धविश्वास लगायत अमानवीय व्यवहारहरुलाई कानुनको परिपालनासँगै मानवीय सोच र व्यवहारमा परिवर्तन गरेर निरुत्साहित गर्नुपर्ने बताइन् ।
शुभकामना सन्देशमा भनिएको छ, ‘सुसभ्य, न्यायिक र समतामुलक समाज निर्माणको लागि सबै प्रकारका जातीय विभेद, कुरीति, कुसंस्कार, अन्धविश्वास लगायत अमानवीय व्यवहाहरुलाई नीर्मुल पार्नको लागि कानुनको परिपालनासँगै मानवीय सोच र व्यवहारमा पनि परिवर्तन जरुरी छ ।’
नेपालको संविधानको प्रस्तावनामानै वर्गीय, जातीय क्षेत्रीय, भाषिक, धार्मिक लैङ्गिक विभेदको अन्त्य गर्ने कुराको सुनिश्चित गर्दै मौलिक हक अन्तर्गत समानताको हक, छुवाछुत तथा भेदभाव विरुद्धको हक व्यवस्था गरिएको भएपनि समाजमा यस्ता खालका घटनाहरु अझै निर्मुल हुन नसक्नु बिडम्बना भएको उल्लेख गरिएको छ ।
सन्देशबाट सबैको मानव अधिकारको संरक्षण सहित आत्मसम्मान पूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टीका लागि सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सरकारी संयन्त्र तथा निकाय, सामाजिक संघसंस्थाहरु, सञ्चार माध्यम, नागरिक समाज तथा आम नागरिकहरुलाई सक्रिय रुपमा लाग्नको लागि आव्हन गरिएकोे छ ।
प्रदेश प्रमुख पौडेलले कोरोना महामारीको यो कठिन समयमा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मानवीयतालाई केन्द्रविन्दुमा राख्दै महामारी विरुद्ध एकजुट भएर लाग्न पनि आग्रह गरेकी छिन् ।
मानव मानव बीचको सम्बन्धमा कुरीतिको रुपमा रहेको जातीय भेदभावलाई वि.सं.२०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनबाट पुनःस्थापित संसदले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो भने २०६८ मा जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाँय ऐन बनेको थियो । सरकारले जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->