बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा जेठ मसान्तसम्म लम्बियो निषेधाज्ञा

तनहुँमा जेठ मसान्तसम्म लम्बियो निषेधाज्ञा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७८, शुक्रबार
विहीबार दिउँसो शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकमा चेकजाँच गर्दै प्रहरी ।

तनहुँ, २१ जेठ – तनहुँमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बाईएको छ । शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द«को बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्न गरेको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बाएको हो ।
शनिबार राती १२ बजेदेखी जिल्लामा लागु गरिएको तेस्रो चरणको निषेधाज्ञा सकिदैछ । थप कडाईका साथ निषेधाज्ञा लागु गर्ने प्रमुख जिल्ला अधिकारी सागार आचार्यले बताए । ‘निषेधाज्ञालाई कडाईका साथ लागु गर्न स्थानिय तह र सुरक्षा निकायको साझेदारी हुनेछ’, उनले भने ।
यो अवधिमा विहान ५ देखी ९ बजेसम्म मात्रै अत्यावश्यक सेवा सञ्चालन गर्ने समय तोकिएको उनले जानकारी दिए । अत्यावश्यक सेवा सञ्चालनमा संग्लनको अनिवार्य कोरोना परिक्षण गर्ने निर्णय समेत भएको प्रजिअ आचार्यले बताए । ‘अत्यावश्यक सेवामा संलग्न व्यवसायीहरुबाट पनि कोरोना फैलियो की भन्ने आशंका छ । त्यसैले प्राथमिकतामा राखेर उनीहरुको पिसीआर एन्टिजेन परिक्षणको व्यवस्था मिलाउन सबै स्थानिय तहलाई अनुरोध गरिएको छ’, उनले भने । उनले गाउँ–गाउँमा कोरोना फैलिएकाले परिक्षणको दायरा बढाउन स्थानिय तहसंग सहकार्य हुने सुनाए ।
२२ वैशाख राती १२ बजेदेखि तनहुँमा निषेधाज्ञा जारी छ । ३१ वैशाखमा समय सकिएपछि पुनः दोस्रो चरणमा १५ जेठसम्म निषेधाज्ञा लम्बाइएको थियो । यो अवधीमा पनि संक्रमणदर ज्यूँकात्यू रहेकाले फेरी २२ जेठ राती १२ बजेसम्म निषेधाज्ञा थपिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->