आज नेपाली सर्वहारा कम्युनिष्ट क्रान्ति एकता, बिजय, ध्रुवीकरण, विभाजनका अनेकौं श्रृंखला पार गर्दै नयाँ बहसको चरणमा प्रवेश गरेको छ । यसवेला पार्टी र संगठनको सवाल अहम महत्वको विषय बनिरहेको छ । पार्टीको नेतृत्वमा जनताको सबै क्रान्तिकारी संगठन पार्टीहरुलाई आफ्नो बर्गीय उदेश्यको निम्ति एकिृत र केन्द्रकृत ढंगले कसरी परिचालन गर्ने, बिस्तार र सुदृढीकरणको सम्बन्धलाई कसरी ब्यब्स्थित गर्ने, संगठनात्मक सुदृढीकरण र संगठनलाई बहुसंख्यक जनताको प्रतिनिधि पार्टीको रूपमा कसरी स्थापित र परिचालन गर्ने भन्ने नै पार्टी क्षेत्रको हाम्रो मुख्य कार्यभार र समस्याहरु हुन । पार्टी जीवनमा संघर्षबाट प्राप्त अनुभव र स्थापित सिद्धान्तलाई कसरी आत्मावोध र प्रयोग गर्दै हाम्रो मौलिक परिस्थितिमा ऐतिहासिक अवसर र उपलब्धिलाई कसरी थप बिकास र सम्बृद्ध गर्ने भन्ने सवालमा हामीले ध्यान दिन जरुरी छ । पार्टी आन्दोलनमा रहेको सुधारवादी संकिर्ण व्याक्तिबादी, अराजक, स्वेच्छचारी, सुविधाभोगी चिन्तन प्रवृतिवाट मुक्त, जनतामा आधारीत विशाल क्रान्तिकारी पार्टी तयार गर्नु साच्चिकै चुनौतिपुर्ण कार्य हे । पार्टीलाई क्रान्तिकारी वनाइरहने र समाजवादी आन्दोलनको नेतृत्व गर्ने हो भने रणनीति, कार्यनीति, कार्यदिशा नेतृत्वको प्रणालीको कार्यान्वयन गर्ने, कार्यकर्ताको आचारण ब्यावहारको बिषयमा खुल्ला छलफल र करेकसन हुन जरुरी छ । यसैकोबारे संक्षिप्त छलफल चलाउन कोशिस गरीएको छ ।
कयौं महत्वपूर्ण उपलब्धिका साथै कैयौ गम्भीर समस्या र कमजोरीका विच सविधानसभावाट नेपाली जनताको बर्षाैदेखिको आकाङक्षा पूरा भएको छ । सविधानको घोषणासगै महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको विचबाट पार्टीले अगाडि सारेको प्रमुख कार्यनिति अन्त भएको छ । कार्यनितिको समापनसंगै पार्टीको अगाडी नयाँ राजनितीक, कार्यनीतिक कार्यदिशा र विकासको ढोका खुलेको छ । यसबाट पार्टी पुनर्निर्माण र पुनर्गठनको अभियानमा अगाडि बढ्ने एउटा नयाँ आधार र अबसर प्राप्त भएको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणासंगै सबै तहको सफलतापुर्बक निर्वाचन समपन्न भएर नेपाली समाज क्रान्तिको एउटा चरण पार गरेर नयाँ चरणमा प्रवेश गरेको छ । परिबर्तन र बिकासको यो ऐतिहासिक प्रक्रियामा नेपाली जनताले सामन्तबादमाथी आधारभुत हिसाबले बिजय हासिल गरेका छन । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, राज्यका विभिन्न निकाय र अङ्गमा उत्पीडितबर्ग, जाति समुदायको समानुपातिक समावेशीताको अनिवार्य नितिगत ब्यब्स्था तथा समाजको आर्थिक जीवनमा आइरहेको परिवर्तनले सामन्तवादको पराजयलाई स्पस्ट गरेको छ । २००७ साल वरिपरिबाट शुरु भएको पुँजीवादी जनबादी क्रान्तिको चरण नेपाली जनताको शसस्त्र र शान्तिपूर्ण आन्दोलनका अनेकौं श्रृंखला, त्यागतपस्या र बलिदानका ऐतिहासिक कृतिमानहरु कायम गरि आधारभुत रुपमा समाजबादी क्रान्तिको चरणमा प्रवेश गरेको छ । राष्ट्रिय स्वाधीनताको रक्षा, सुदृढीकरण गर्न सामन्तबादको बाँकी अवशेषहरुको अन्त गर्दै आन्दोलन र पार्टीलाई समाजबादी क्रान्तिको तयारीसंग जोड्नुपर्र्ने परिस्थितिको निर्माण भएको छ ।
यतिबेला नयाँ संविधानमा संस्थागत भएका क्रान्तिका उपलब्धि निश्तेज पार्न देसीविदेशी प्रतिक्रियावादी शक्ति केन्द्रहरु निकै ठुलो षड्यन्त्रका साथ लागिपरेका छन् । ती उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न सम्पुर्ण राष्ट्रबादी, देशभक्त परिवर्तनकारी एबम क्रान्तिकारी शक्तिहरू लागीरहनु पर्नेछ । यो नै आजको नेपाली समाजको वर्गसंघर्षको राजनैतिक केन्द्रबिन्दु बनेको छ । यसका लागी सिङ्गो पार्टी, विभिन्न क्रान्तिकारी कमिनिष्ट घटकहरु, राष्ट्रबादी देशभक्तहरुको एकताबद्ध सामुहिक प्रयासबाट बिचारधारात्मक र राजनीतिक कार्यदिशाको थप बिकास परिमार्जन गरि स्पष्ट दृष्टिकोण, निर्णय भुमिकासहित इतिहास र बर्तमानका समस्या, कमिकमजोरी, सफलता असफलताका धक्काप्रती गम्भीर समिक्षा गर्दै आपसी मतभेद, असहमति र आन्तरिक खिचातानीको त्याग अनि एकताको अपरिहार्यताको स्विकारोक्ती नै आजको ऐतिहासिक आबश्यकता हो । यो बिचारका लागी आन्दोलनको उठान पार्टी र नेतृत्वको भबिष्यका लागि अनिवार्य बन्न गएको छ । बस्तुतः एकताबद्ध बृहत् बिशाल क्रान्तिकारी कम्युनिष्ट पार्टीको पुनर्निर्माणको प्रश्न आज देश जनताको भाग्य भबिष्यसंग गासिन पुगेको छ । यदि हामीले बैचारिक निष्ठाकासाथ देश र जनताकाप्रती समर्पित क्रान्तिकारी स्प्रीट सहित नयाँ आधारमा पार्टी पुनर्गठन गर्न सकेनौं भने अहिलेसम्मको प्राप्त उपलब्धिहरुको रक्षा नहुने मात्र होइन राष्ट्रकै अस्तित्वमाथि खतरा आउने निश्चित देखिदैछ ।
राजनीतिक दलका नेताहरूको घमण्ड, अहंकार, निरंकुश स्वेच्छाचारीशैली, स्वार्थ र झगडाले पार्टीभित्र बिचार, निति, योजनाको आधारमा रचनात्मक सिर्जनात्मक होइन कि सिद्धान्त, बिचार र पद्धतिबिहिन गुटबन्दीजन्य राजनितीले पार्टी र नेताहरुको बिश्वास, उर्जा र क्षमता ह्रास हुदै गएको छ । राजनीतिक दल र संघसंगठनका नेता कार्यकर्तालाई मात्र सत्ता, शक्ति प्राप्त गर्ने र ब्यक्तिगत स्वार्थपुर्ती गर्ने साधनको रुपमा नकारात्मक दृष्टिबाट जनताले हेर्ने गरेका छन । सत्ताउन्मुख प्रवृत्तिले सिद्धान्तहरु हात्तीको देखाउने दात जस्ता भएका छन । राजनीतिमा नेताहरु÷पार्टीहरु लडनु मिल्नु फुट्नु जुट्नु कुनै नौलो कुरा होइन, महत्त्वपूर्ण कुरा त देश जनताको पक्षमा उभिनु हो । गल्ती सच्चायर राम्रो बाटो रोज्नु हो । समृद्धि र समाजवादमा अघि बढनु हो । तर समय परिस्थिति अनुसार नचल्ने जनादेश, जनमतको अवज्ञा गर्ने, संसद र संविधानको हुर्मत लिने, धज्जी उडाउने देशको माग र जनताको चाहना लत्याएर पार्टी बिभाजन गर्ने, ईमानदार नेताहरूको कोपभाजन गरेर मुलुकमा अस्थिरता पैदा गर्ने, संसद पुनस्र्थापना भएर संसदवाटै पराजित भएपछी फेरि जसरी भयपनि सत्तामै टासिन चाहने नेता, नेतृत्वको प्रवृत्तिले आदर्श सिद्धान्त र उद्देश्यलाई तिलान्जली दिएको छ । जे गरेर भएपनि सत्ता र शक्तिको आडमा ब्यक्तिगत स्वार्थ पुर्तिगर्ने प्रवृत्तिले आगमी दिनको आर्थिक सामाजिक रुपान्तरण र राजनीतिका लागी गम्भीर समस्या र थप चुनौती बन्न गयको छ ।
लोकतन्त्रमा दल पार्टी मजबुत, सबल र एकताबद्ध हुनु सुखद पक्ष हो । लोकतान्त्रिक बिधिपद्धति, संस्कार संस्कृती, आचारण व्यवहार सहितको पारदर्शी सामुहिक नेतृत्व नै ब्यवस्था प्रणाली र संविधानको रक्षा, सहि प्रयोग र कार्यान्वयन साथै स्थिरता, स्थायित्व समृद्धिका लागी महत्त्वपूर्ण आधार हो । तर पार्टीभित्रका सम्रान्तहरुले सरकार र सत्ताका निर्वाचित पदहरुमाथी एकाधिकार कायम गर्ने प्रवृत्तिले लोकतन्त्रको स्थापनापछि हरेक निर्वाचनहरु आर्थिक रुपमा महङ्गो हुँदै गएको तथ्य नेता जनता सबैले महसुस गर्दै आएका छन । मत बटुल्ने, जनता परिचालन गर्ने काममा दलको सिद्धान्त र नितिको भुमिका गौण हुदैगएको छ । बरु पैसा पद र प्रलोभनले काम गर्न थालेको छ । यस्तो हुनु भनेको जनता नेता अथवा जनता र दलबिचको नराम्रो सम्बन्धको संकेत हो । जनसंगठनको रुपमा भन्दापनि राज्यसत्ताको एक शक्तिशाली अङ्गको रुपमा दलहरू बिकसित हुदैगएकाले जनताका समस्या र मागहरु ओझेलमा पर्दै गएका छन् । जसले गरिबी, महंगी, बेरोजगारी र भ्रष्टाचार व्यापक रुपमा बढ्न गयो । पैसा तथा स्रोतहरु हुनेले निर्वाचनलाई आफ्नो प्रभाव दबाब र पक्षमा पार्ने प्रवृत्तिले दलको आर्थिक समनताको क्रान्तिकारी पहिचान गुम्ने र लोकतन्त्र औपचारिक लोकतन्त्रमा परिणत हुने खतरा बढदै गयको छ । धनाढ्य र ठुला ठेकेदारको पार्टीमा यतिसम्म प्रभाव र कब्जा छकि पार्टीको आन्तरिक निर्णय अधिबेशनदेखी चुनाबको टिकट दिलाउने र बिजयी गराउनेसम्म अनुचित लाभ र शक्ति प्रयोग गर्ने गिरोह नै सकृय भएको देखिन्छ ।
भुकम्पले थिलोथिलो परेर भर्खर पुनर्निर्माणमा जुटिरहेको अबस्थामा बिश्वब्यापी रुपमा आएको कोभिड १९को औषधी उपचार अक्सिजन बेड जस्ता आधारभुत अभावले समग्र स्वास्थ क्षेत्र नै अस्तब्यस्त भएको छ । यस जटिल भयावह माहमारीले नेपाली समाज सम्भाबित दुर्घटनाको खतरनाक घुम्तिनिर छ । इतिहासदेखिको बिपन्न्ता र अनन्त सक्रमणकालले गाजिएको देशले बामपंथी कम्युनिष्टहरुको एकता र बिजयलाई आशाको नजरले हेरिरहेको अबस्थामा लोकतान्त्रिक ब्यबस्थाको सबभन्दा लोकप्रिय शक्तिशाली जनमत तथा ऐतिहासिक अबसर र जिम्मेवारीले जनता देश सम्बृद्ध भबिष्यप्रति आशाबादी हुदैगर्दा सार्बभौम सम्पन्न जनता र संसद्को अमुल्य जनमतलाई जिम्मेवारी होइन अहंकारको अस्त्रमा परिणत गरे देश सपार्न जनताले दिइको ऐतिहासिक अबसरप्रति घातगरी सुखी नेपाली समृद्ध नेपालको जस्तो संबेदनशिल नारालाई मार्गचित्र होइन उखान टुक्का र चुड्किला संग्रहमा सिमित गर्दा नेपाली समाजको सर्बाधिक प्रियबस्तु निन्दा घृणा बन्न गएको छ । घृणाको मुलस्रोत राजनीतिक पार्टी र तिनका भातृ संघसंगठन, राजनीतिक प्रणाली बन्नु लोकतन्त्रमा डरलाग्दो र दुःखद पक्ष हो । सबैभन्दा बिडम्बना के छ भने निकै ठुलो त्याग, तपस्या, बलिदान जेल्नेल यातना प्रताडाना र मृत्युको मुखबाट युद्धको बिभिषिका र आन्दोलनको ज्वारभाटा पार गरेर आएको परिपक्व कुसल क्रान्तिकारी नेतृत्व पनि क्रान्ति प्रतिक्रान्तीका मिठा नमिठा नरम चर्का कुरा गर्ने मामिलामा नेपालका सबै नेताहरु सिपालु छन । केहि नेताहरू ठुल्ठुला र्संघर्ष बिद्रोहको नेतृत्व गर्न समेत सफल भएका छन तर देश निर्माण र समाल्ने मामिलामा भने यत्तिका बर्ष किन कोहि पनि नेतृत्व सफल, अब्बल साबित हुन सकिरहेको छैन ? पार्टीको आन्तरिक जीबन पार्टी, सघर्स र संगठनमा निश्पक्ष न्याय दिन सकिरहेको छैन । सत्ता र शक्ति अनि सार्बजनिक पदमा पुग्दा किन परिवर्तनको अनुभुती हुनेगरी आधारभुत डेलिभरी दिन सकिरहेको छैन ? ब्यवस्था भित्र पात्रको सोच व्यबहार, संस्कृती र भुमिका निकै महत्वपूर्ण हुन्छ । कहिलेकाही त्यो निर्णायक अबस्थासम्म पुग्छ । तर बिषय ब्यबस्था र शासकिय शासनप्रणाली मुख्य हुन्छ तसर्थ कति ब्यबस्था प्रणालीको दोष हो त कति पात्र प्रवृत्तिको हो । यो गम्भीर समिक्षाको बिषय बन्नुपर्दछ ।
हरेक पार्टी र संगठनमा बैचारिक स्पष्टता, अनुभव, कार्यदक्षता, सक्रिय सहभागिता, त्याग, समर्पण बलिदानको आधारमा होइन कि गुटगत स्वार्थ र ब्यक्तिगत सम्बन्धका आधारमा मुल्यांकन र जिम्मेवारी प्रदान गर्ने गलत प्रवृत्तिले ईमानदार नेता कार्यकर्ता पाखा पर्नु र समाज र पार्टीका सज्जनहरु अन्न्यायको जातोमुनी पिसिएकै कारण राजनीतिक र सामाजिक स्थिरता र स्थायित्व माथी अनिश्चितताको कालो बादल मडारिएको छ । जसलेगर्दा मौका छोपेर बसेका तानाशाही निरंकुश गैरलोकतान्त्रिक संस्कृतीको चगुलमा फस्दैजाने अवस्थाको सिर्जना भइरहेको छ ।
नेपालको जनमतले बामपंथीहरुसंग निरन्तरताको शासनभन्दा भिन्न अपेक्षा गरेको थियो ! स्वच्छ, पारदर्शी निश्पक्ष व्यबहार, जनमुखी र परिणाममुखी सिद्धान्त, उत्तरदायित्वपूर्ण जबाफदेही कार्यशैली, उपलब्धिमुलुक कार्यप्रणालीलाई ब्यवस्थित संस्थागत प्रभावकारी तथा योजनाबद्ध सामुहिक संस्थागत तरिकाले सामाजिक हित र चासोका बिषयमा बामपंथी कम्युनिष्ट सरकार परम्परागत निर्वाहमुखी कर्मकाण्डी होइन कि दृढतापुर्बक प्रस्तुत हुनेछ भन्ने आशा एबम बिश्वासमाथी यति, ओम्नी, बालुवाटार जग्गालगायतका काण्डहरुले तुषारापात गरिदिएको छ !
आजको द्रब्य हाबी भएको समयमा हामीले माक्र्सझैं दार्शनिक भबिष्य द्रष्टा लेनिन झैं दर्शन बिचार राजनीति र संगठनको कौशलता एउटै ब्यक्तिबाट त्यहीँ उचाईबाट होस भन्ने आशा एबम अपेक्षा गरेका छैनौं । माओझैं व्यबहारमा परिपक्वकताको त्यो उचाई पनि खोजेका होइनौं । होचिमिन्हको त्याग र चेग्वेभाराको जस्तै दृढ सङ्कल्प पनि खोजेका होइनौं । माक्र्सले झैं समाज र दर्शनको चिन्तन गर्नेक्रममा निजि सम्पत्ति जोहो गर्न नसकेर छोरीको लास पैसाको अभावमा आफ्नो कोट्ले बेरेर लास गाडेको अवस्था, जारशाहीको सत्ता कब्जा गर्ने जर्मन फासिबादी साम्राज्यवादलाई धुलो चटाउन सक्ने लेनिन र स्टालिनले चाहेकोभए ऐस आरामको लागी खासै समस्या थिएन । माओले छोरालाई कोरियाली युद्धमा नेतृत्व गरि पठाएको कुरा मृत्युु हुँदा बुहारीको लास ल्याउने कुरा अस्विकार गर्दै हजारौं चिनियाँ लाशहरु जहाँ छन, उसको लास त्यहीँ रहन्छ भनेको कुरा, होचिमिन्हको त्याँग र सादगी जीवनसंग बमबाड गर्ने अमेरिकीहरु समेत प्रभावित भइ प्रशंसा गरे । चे ले जन्मभुमि छाडे, मेडिकल डाक्टरको सुबिधा त्यागे, प्रेमिका छाडे, क्युबाको मन्त्रीपद त्यागे, म्यानहन्टनको सुबिधायुक्त जीवनशैली छोडे । बोलिभियाको युद्ध मैदान मै जीवन बलिदान गरे । पुँजीवादी शिबिरका नेल्सन मन्डेला, महात्मा गान्धी, लि क्वान, महाथिरको त्याग सादगी जीवन र बिकास समृद्धिको स्पष्ट तिब्र इच्छा शक्तिको आदर्शबादी जीवनबाट निर्मित उचाई आजपनि चर्चित, प्रेरणादायी नै छ । नेपाली जनताले त्यसस्तरको त्याग तपस्या र साहस पनि खोजेको छैन । मात्र, कुरा के हो भने जुनसुकै संस्थाको शिर्षस्थानमा भएपनी सर्बघ्य ठान्ने स्वेच्छाचारी निरंकुश अहंकारी, स्वाथीर्, घमण्डी र अरुको अस्तित्व योगदान भुमिकालाई निषेध गर्ने बिधिपद्धति, सामुहिक, सस्थागत निर्णय नमान्ने, पार्टी र संगठनको आबश्यकता महत्वलाई कमजोर बनाउने समग्र देश पार्टीलाई एउटा गुटको रजाइँ तथा भर्तीकेन्द्रमा रुपान्तरण गर्ने, राज्यका स्वतन्त्र निश्पक्ष संवैधानिक निकाय, अंग तथा सर्बोच्चपदहरुलाई समेत आफ्नो बदनियतपुर्ण इच्छा र निर्णयमा गलत तरिकाले दबाब र प्रभावमा पारी ब्यवस्था संविधान कानुनको ठाडो हस्तक्षेप र उल्ल्घन गर्ने जस्ता गलत कार्यशैली आचरण तथा आफुलाई सुमेरु पर्बत ठान्ने, भेटी चडाउदै वरिपरि घुम्ने (प्रदक्षिणा), गणेशहरु खोज्ने काम कम्युष्टि पार्टीका नेताकार्यकर्ताले नगरी दिएपुग्छ भन्ने चाहना हो ।
बिगतको आफ्नो इतिहास गौरवपूर्ण बनाइराख्न आजको अनुकुल सहिबिचार रणनीति कार्यनीति ठोस योजना र कार्यक्रमको आबश्कतासंगै आचरण व्यबहार कार्यशैलीमा पनि आमूल परिवर्तन गरिदिनुस । पार्टी र सत्ता सरकारलाई सेबा सुबिधा र शक्ति प्रयोगमात्र गर्ने थलो र साधन नबनाउनुस । पार्टीलाई चुनावदेखि चुनावसम्म सिमित गर्ने, चुनाव जित्ने नाममा जे पनि गर्ने र जस्तासुकै खराब मान्छे भयपनी पार्टीमा हुल्ने, तिनैलाई जिम्मेवारी र नेतृत्वदिने गलत प्रवृत्तिलाई त्याग्नुस । न्युनतम राजनीतिक संस्कार आचरण र व्यबहारबारे नयाँ ढंगले परिष्कृत हुने दृढ अठोट लिनुस । सम्पत्तिको मोह, रक्तवंश र पारिवारिक सम्बन्धको बिषयमा स्पष्ट भइदिनुस । सत्ता र शक्तिमा जाँदा सेवासुबिधा र अबसरको न्यायोचित सम्मानजनक बितरण गरिदिनुस । कुनैपनि दल र नेतृत्वको पहिचान उसले बिगतमा आर्जन गरेको र बर्तमानमा खेलेको भूमिकाबाट बनेको हुन्छ भन्ने कुरा आत्मसात गरी बर्तमान कर्मको फलभन्दा पनि इतिहासमा आर्जेको पुण्यको फलजस्तो न बनोस् । इतिहासमा क्रान्ति परिवर्तन र रुपान्तरणमा तपाईहरुको नेतृत्व र अतुलनीय महत्वपूर्ण योगदानको उच्च सम्मान र मुल्यांकन सहित धन्यवाद दिदै आजको आबश्यकता अनुसार पार्टीको बिचार तथा नेतृत्व निर्माण र बिकासमा पुस्ता हस्तान्तरणलाई ठोस निति र बिधिबाट हल गरि आफुलाई अभिभावकिय जिम्मेवारी र भुमिकामा प्रस्तुत भइदिनुस् । यसले पार्टी राजनीति, बिचार र नेतृत्वमा देखिएको समस्या अबिश्वास र सङ्कटको हलहुने दिशातिर जानेछ । तसर्थ तपाइँहरुको नेतृत्वले पार्टी आन्दोलन र एकताको भबिष्य मात्र सुनिश्चित गर्दैन, सघिय लोकतान्त्रिक गणतन्त्रको ब्यवस्था संस्थागत सुदृढीकरण र देशको सुन्दर भबिष्य निर्माणको दरिलो भरपर्दो आधार एबम बिश्वास तयार गरिदिन्छ । यसवाट देश, जनता, ब्यवस्था, संविधान, परिवर्तन, महान सहिद, बेपत्ता, घाइते अपाङ्गहरुप्रति सच्चा सम्मान हुनुकासाथै पाटी, आन्दोलन र कार्यकर्तालाई समेत न्याय हुनेछ ।





