लेखनाथ, २७ जेठ– नागरिक परोपकार समन्वय संस्थालाई विपी राहत कोष जिल्ला कार्यसमिति कास्कीले आर्थिक सहयोग प्रदान गरिएको छ । विपतमा परेकालाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको नागरिक परोपकार समन्वय संस्थालाई नेपाली कांग्रेस नगर सभापति राजेन्द्रमणि लामिछानेले संस्थाका अध्यक्ष राजेन्द्र ओझालाई ३० हजार रुपैयाँको नगद चेक हस्तान्तरण गरेका हुन् ।
शववाहन व्यवस्थापनका लागि रकम हस्तान्तरण गर्दे नेपाली कांग्रेस नगर सभापति राजेन्द्रमणि लामिछानेले सरकारात्मक सोचका लागि जीवनमा संकटको घडीमा हरेक व्यक्ति संघसंस्थालाई कोषले सहयोग गरेको बताए । सोही अवसरमा संस्थाका संरक्षक तथा पोखरा ३० वडाध्यक्ष श्रीराम पोखरेलले साझा संस्था भएकाले सबैले सहयोग गनुपर्ने बताए ।
नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष राजेन्द्र ओझाले विपद् अवस्थामा जन्मेको संस्थालाई विस्तारै अगाडि बढाउने क्रममा विभिन्न सहयोगी मनले सस्थाको सव वाहन व्यवस्थापनका लागि गरेको सहयोगको प्रशंसा गरे ।





