मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

श्रमजिवीका लागि श्रद्धान्जलीका दुई थोपा आँसु

श्रमजिवीका लागि श्रद्धान्जलीका दुई थोपा आँसु


  • दुर्गा भण्डारी
  • जेष्ठ २७ २०७८, बिहिबार

कोरोना भाइरस महामारीका कारण विश्व नै आतंकित बनाएको छ । कोरोना भाइरस नियन्त्रणका लागि बिभिन्न पहलहरु भएका छन् । मानिसको भीडबाटै सर्ने कुरा बैज्ञानिकहरुले पत्ता लगाएपछि रोकथथाम र नियन्त्रणका पहल भएका छन् । कोरोना महामारीको एक वर्ष भित्रमा बैज्ञानिकहरुको खोजले खोप पत्ता लागेको र केही देशहरुमा लगाउन सुरुसमेत गरिएको छ । संसारमा करिव ९ खर्व मासिहरु सबैमा खोपको पहुँच पुग्न नसकेका कारण कोरोना नियन्त्रण हुन अझै समय लाग्छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न लकडाउन देखि खोप सम्मका प्रयासहरु जारी छन् । यति हुँदापनि कोरोना भाइरसका नयाँ नयाँ स्वरुपहरु देखा परेका छन् । नेपालमा अहिले कोरोना महामारीको दोस्रो चरण सुरु भएको छ । कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुमा पनि संक्रमणको लक्षण देखिएको छ । नेपालले कोरोनाविरुद्धको खोप छ महिना भित्रमा सबै नागरिकहरुलाई पु¥याउने लक्ष्य लिएको छ । तर, छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट आफ्ना नागरिकहरुको मृत्यु भएपछि किन्न ठिक्क पारेको खोप आउन पाएन । भारको सुप्रिम कोर्टले नै आफ्ना नागरिकलाई खोप लगाउने कार्य पूरा नभए सम्म बिक्री नगर्नु भन्ने आदेश गरेको छ । त्यसपछि भारतबाट खोप आउने कुरा बन्द भएको छ । पहिलो चरणको खोप लगाएर दोस्रो चरणको खोपको आशामा पर्खेर बसेका १३ लाख जेष्ठ नागरिक छन् । सरकारको ढिलासुस्तीका कारण भारतबाट खोप आउन सकेको छैन । युवा बालबालिकाको पहँुचमा खोप पु¥याउन धेरै टाढाको कुरा हो । कोरोना महामारीको पहिलो लहर आउँदा धेरै मानवीय क्षति हुन पाएन । दोस्रो लहरले धेरै मानिसको मृत्यु भएको छ । बृद्धबृद्धा मात्रै होइन, युवाहरुको मृत्यु भएको छ । अझ दुःखको कुरा त के छ भने बाबु आमाको मृत्युका कारण बालबालिकाले सहारा गुमाएका छन् ।
कोरोना नियन्त्रण गर्न सरकारले लकडाउन गरेको लामो समय भइसक्यो । व्यवसायहरु धरासायी हुने अवस्थामा पुगिसकेका छन् । आधारभूत वर्गका नागरिकहरुको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ । दैनिक ज्यालादारीमा श्रम गर्ने श्रमिक, स्वरोजगार श्रमिक आफ्नो श्रीसम्पत्ति बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर सानोतिनो व्यवसाय गर्ने व्यवसायीहरुको अवस्था दिन प्रतिदिन डाँवाडोल बन्दै गएको छ । आफ्नै श्रमसीपमा बाच्नेहरुलाई गर्जो टार्न धौ–धौ परेको छ । कोरोना महामारीका कारण बिगत एक वर्षदेखि सबै क्षेत्र आर्थिक रुपले ठप्प जस्तै भएको छ । यो संकटबाट पत्रकारिता क्षेत्र पनि अछुतो रहेको छैन । फ्रन्टलाइनमा बसेर काम गरिरहेका श्रमजिवी पत्रकारको अवस्था अझ बढी कारुणीक छ । एकातिर आर्थिक समस्या छँदैछ अर्कोतिर व्यवसायिक समस्या छ । यही बेलामा श्रमजिवी पत्रकारहरुलाई संचार संस्थाबाट बिदा गर्ने जस्ता अमानवीय काम भएका छन् । त्यसैगरी संचार संस्थाले महामारीका बेला श्रमजिवी पत्रकारलाई पारिश्रमिक नदिने गरेको र दिएपनि न्यूनतम मात्र दिने गरेको धेरै पत्रकारहरुको गुनासो हुने गरेको छ । पारिश्रमिक नपाए पनि अरु मजदुर जस्तो पत्रकारहरुले आफ्नो कर्म भने गर्न छाडेका छैनन् । कोरोनाबाट संक्रमित भए पनि देशैभरका पत्रकारहरु पत्रकारिता कर्ममा लागि रहेका छन् । यस प्रदेशका कास्की, लमजुङ, पर्वत, बागलुङ, स्याङजा, गोरखा, म्याग्दी, नवलपुरलगायतका पत्रकारहरु आफ्नो कर्ममा जुटिरहेका छन् । यो महामारीका बेला संचार संस्थाको दायित्व के हो भन्ने कुरा बुझ्न जरुरी छ । संचार संस्था चलाउनेहरुको पनि आफ्नै समस्या होलान । तर, यो संकटको बेला श्रमजिवी पत्रकारलाई कामबाट निकाल्ने, तलव नदिने, आधा तलव दिनेजस्ता कार्य अमानवीयताको पराकाष्ट हो । राजधानीका व्यवसायिक भनिने संचारसंस्थाहरुमा पनि श्रमजिवी पत्रकारको शोषण गरेको पत्रकार महासंघका उपाध्यक्ष रमेश बिष्टले बताए । उनले भने ‘काठमाडौंका करर्पोरेट मिडिया हाउसहरुले पत्रकारहरुलाई डेढ वर्षदेखि पारिश्रमिक दिएका छैनन ।’ डेढ वर्षदेखि पत्रकारहरु कसरी बाँचेका छन् । अब प्रश्न उठ्छ के पत्रकारहरुले यो पेशा सेवाका लागि मात्रै गरेका हुन त ? होइन । यहाँ पनि पत्रकारको बर्गीकरण हुनु जरुरी छ । श्रमजिवी पत्रकार पनि दुईखालका छन् । पत्रकारिताको धर्ममा चलेर श्रम गर्ने र पारिश्रमिकको भरमा बाँच्ने । दोस्रो वर्गका पत्रकारहरु मिडिया हाउसका लागि श्रम गर्ने तर अर्कै श्रोतबाट पारिश्रमिक लिने । अहिले यही दोस्रो वर्गका पत्रकारबाट आचारसंहिता विपरितका भ्रमपूर्ण समाचारहरु आउने गरेको पाइन्छ । व्यावसायिक भनिने मिडियामा काम गर्ने केही पत्रकारहरुले पारिश्रमिक पनि पाइन भन्छन् तर मोजमस्तीको जीवन पनि चलेकै देखिन्छ ।
यो कोभिड महामारीका बेला पहिलो वर्गका पत्रकार मर्कामा परेका छन् । संक्रमित हुदाँ वा मृत्यु हुँदासम्म संचार गृह, पत्रकार महासंघलगायतका संस्थाबाट सामान्य औपचारिकताका कुरा मात्रै हुने गरेका छन् । केही रकम सहयोग गर्ने मात्रै पत्रकारका दिर्घकालीन समस्या समाधान गर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन । बाचुन्जेल पत्रकारहरुलाई तलव नदिएर तड्पाउने मिडिया हाउसहरुले श्रमजिवी पत्रकारको मृत्यु पश्चात सहानुभूति स्वरुप श्रद्धान्जलीका दुई थोपा आँसु चुहाउने गरेका देखिन्छ । मृत्युपश्चात ती पत्रकारका नाममा पुरस्कार स्थापना गर्न समेत होडबाजी गरेको देखिन्छ । पत्रकार महासंघको तथ्याङ्क अनुसार अहिले कोभिडबाट मृत्यु हुने पत्रकारको संख्या १६ पुगेको छ । त्यसैगरी संक्रमित पत्रकारको संख्या ८ सय १३ र संक्रमण मुक्तको संख्या ५ सय २२ पुगेको छ । अग्रदस्तामा रहेर काम गर्ने पत्रकारहरुका लागि वास्तविक समस्था बुझ्ने कोही छैन । श्रमजिवी पत्रकारको पारिश्रमिकको समस्या छ सबैलाई थाहा छ तर यो विषय पत्रकार महासंघको चुनावी नारा मात्रै बन्ने गरेको छ । सामान्य अवस्थामासमेत न्यूनतम पारिश्रक नपाउने पत्रकारहरु महामारीको बेलामा त व्यापार छैन, बिज्ञापन आउँदैन कसरी तलव दिने भन्ने कुरा मिडिया मालिकबाट सुन्नु पर्ने हुन्छ । मानौं, पत्रकारले पारिश्रमिक पाउनै हुदैन, उनीहरुले के त्यस्तो गज्जवको काम गरेका छन् र भन्ने मानसिकताको विकास भएको छ । श्रमजिवी पत्रकारको अवस्था कारखानामा काम गर्ने एउटा मजदुरको जस्तो पनि नरहेको देखिन्छ । श्रमजीवी पत्रकारका मुद्धा दिर्घकालीन रुपमा समाधान गर्ने हो भने पत्रकार महासंघ, प्रेस काउन्सिल लगायका संस्थाहरु श्रमजीवी ऐन कार्यन्वयनमा पहल गर्नुपर्छ । सरकारलाई श्रमजिवी पत्रकार ऐन कार्यन्वयन गर्न जिम्मेवार बनाउनु पर्छ । श्रमजीवी पत्रकारको श्रम शोषण गर्ने संचार गृहलाई सरकारले दिने सुविधाहरु कटौती गर्ने तथा सरकारी बिज्ञापन समेत रोक लगाउने गर्नुपर्छ । श्रमजिवी पत्रकारलाई श्रमशोषण विरुद्ध आवाज उठाउन र कानुनी लडाईँ लड्न समेत मानसिक रुपले तयार बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->