नेपाल अहिले कोरोना महामारीसंग जुझिरहेको छ । आर्थिक र मानविय गतिबिधी धेरै भएका घना शहरहरुमा लकडाउन गरेका कारण हाल कोरोना संक्रमित संख्या घटेको देखिन्छ । त्यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्यामा पनि कमि आएको तथ्याङले देखाउछ । यद्दपी कोरोनाका कारण मृत्यु बरण गरेका परिवार र आफन्त गुमाएको पीडाको क्ष्यतिपूर्ति भने कहि कतैबाट पनि हुन सक्दैन । बिश्व समुदाय नै कोरोना नियन्त्रण गर्न हायल कायल परेको अवस्थामा नेपालमा बढी भन्दा बढी मानबिय क्ष्यति हुनबाट रोक्नु सरकारको सफलता मान्नु पर्छ ।
जति कोरोना माहामारी बारे सर्तकता र तयारीको आवश्यक्ता छ त्यति नै प्राकृतिक बिपदको लागि पनि सरकारले पूर्व तयारी गर्न जरुरी छ । नेपाल जस्तो भौगोलिक बिकटता र प्राकृतिक प्रकोप भई रहने मुलुकमा यसका बारे पुर्व सुचना, रोकथाम, नियन्त्रण उदर र राहत प्रदान गर्न सरकार सधैं नै तयारी अवस्थामा रहनु पर्दछ । अहिले नेपालमा मनसुन शुरु भएको छ । विगतमा मनसुन शुरु भएको भनेर मौसम अनुमान विभागले भनेको हप्ता दस दिन पछि वर्षा हुने गर्दथ्यो ।
यसपटक भने अनुभुती हुने गरि मनसुन शुरु भएको छ।मनसुन शुरु हुने घोषणा हुनु अघि बर्षा भएको हुुँदा मनसुन शुरु भएपछि पानी नपर्ने हो कि भन्ने अनुमान अहिले मिल्न थालेको छ।मनसुन शुरु भएकोले खेतीपाती लगाउने काम पनि शुरु भएको छ।लगातार वर्षा भएकोले धान रोपाइँ पनि हुन थालेको छ।पानी पर्न थालेपछि मुल फुट्न थाल्छ। नेपालमा सामान्यतः १० जुनदेखि २३ सेप्टेम्बर करिब चार महिनाको मनसुनी अवधिमा आठ सय पाँच मिलिमिटर वर्षा हुन्छ जुन नेपालमा बर्सने पानीको करिब ८० प्रतिशत हो ।
मौसमले सम्पूर्ण प्राणी, वनस्पति तथा वातावरणमाथि सरोकार राख्ने गर्दछ । विगतमा आमसरोकार नहुने मौसम अनुमान अब भने समाचार र आमचासोको विषय बन्दैगएको छ । कुनै जमाना मौसम अनुमान गर्ने मौसमविद्हरूको प्राज्ञिक ज्ञानमा सीमित थियो । क्रमशः यो हवाई उड्डयनको क्षेत्र र स्थल यात्रासंग अन्तरसम्बन्धित हुँदै गएको छ ।
मौसमको पूर्वानुमान हरेक मानवको जीवन र क्रियाकलापसँग सम्बन्धित घटना हुनपुगेको छ । कृषि, यात्रा, विकास–निर्माणका हरेक कार्यमा मौसम पूर्वानुमानको महत्व बढ्दै गएकोछ । नेपालले हवाई उड्डयनका लागि सुरु गरेको मौसम पूर्वानुमान समाजका हरेक क्षेत्रका लागि महत्वपुर्ण हुँदै आउनुमा यिनै कारण अन्तरनिहित देखिन्छन् । वि.सं. २०२५ पुस १ गतेबाट सुरु गरिएको मौसम पूर्वानुमानसम्बन्धी जानकारी पछिल्ला वर्ष भरपर्दो हुँदै आएकाले आमनागरिकमा यसप्रति विश्वास पनि वृद्धि भएको देखिन्छ । कृषकहरूका लागि बाली लगाउने, गोडमेल र थन्क्याउने प्रयोजनका लागि मौसम अनुमान महत्वपूर्ण तालिका जस्तै हुने गरेको छ । मनसुनको समयमा हुने जनधनको क्षति न्यूनीकरण गर्न मौसम पूर्वानुमानको महत्व हुनेगर्छ ।
मौसमको पुर्वानुमानले खोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाइृ सचेत गराउने काम गरेको छ । साथै प्राकृतिक बिपदको तयारी गर्नमा सघाउ समेत पु¥याएको छ । हरेक वर्ष विश्व मौसम सङ्गठनको नेतृत्वमा दक्षिण एसिया क्षेत्रका मौसमविद्को साझा मञ्चले मनसुनसम्बन्धी पूर्वानुमान तयार गर्छ । नेपालमा पनि विगतको तुलनामा आधुनिक प्रविधि तथा विधिबाट मौसम पूर्वानुमान गर्ने गरिएको छ, जसले नागरिकलाई यस अवधिमा सतर्कता अपनाउन सहज भएको छ ।
सरकारको ध्यान कोरोना महामारी नियन्त्रका साथ साथै भारी बर्षाका कारण हुने प्राकृतिक बिपदका घटनामा समेत ध्यान जानुपर्ने देखिन्छ । तीनै तहको सरकारले प्राकृतिक बिपद पर्दा नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने उपाय सोच्नुपर्ने बेला आएको छ ।
सार्वजनिक जीवनमा पनि मनसुनको ठूलो प्रभाव रहने भएकाले यसबारेमा सबै नागरिकलाई सचेत र जानकार बनाउनुपर्ने देखिन्छ । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यस वर्षको मनसुन गत केही वर्षका भन्दा सक्रिय हुनसक्ने अनुमान गर्दै विभागले उच्च सतर्कता अपनाउन गरेको आग्रहलाई आम नागरिकले होसियारीपूर्वक पालना गरे सम्भावित क्षति न्यूनीकरण गर्न सकिने छ । मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीमा जलप्रवाह बढ्ने, साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बाढी आई सर्वसाधारणको जीवन कष्टकर बनाउने मात्र होइन कतिपय अवस्थामा जनधनको क्षति हुने भएकाले मौसम पूर्वानुमानलाई सर्वसाधारणको पहुँच र सरोकारको विषय बनाउन आवश्यक देखिन्छ ।
मौसम पूर्वानुमानका जानकारीलाई अझ वैज्ञानिक र यथार्थपरक बनाउन सकिए बाढीपहिरो, डुबान, आँधीहुरी, असिना, तापक्रम, हिमपातका घटनालाई पहिला नै प्रक्षेपण गरी बालीमा हुने नोक्सानी घटाउन सकिनेछ । मौसम पूर्वानुमानसम्बद्ध निकायलाई आधुनिक उपकरण, विधि, प्रविधियुक्त बनाएर मनसुन, मौसम तथा बाढीसम्बन्धी सूचनालाई भरपर्दो बनाउन सकिनेछ ।
विभागबाट सम्प्रेषण हुँदै आएका यस्ता जानकारीलाई पूर्ण वैज्ञानिक तथा भरपर्दो बनाउन सकिए मनसुन वा यसले निम्त्याउने प्रकृति प्रकोपबारे किसानमात्र होइन आमनागरिक पूर्वजानकार भई सुरक्षाका विधि अवलम्बन गर्न सक्नेछन् । मौसमजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न मौसम पूर्वानुमान तथा बाढी भविष्यवाणी प्रणालीलाई सुदृढ बनाउनु पर्ने देखिन्छ ।
अधिक हुने पूर्वानुमानलाई ध्यानमा राखी सम्भावित बाढी पहिरोको जोखिमबाट बच्न थप सतर्कता अपनाउन आवश्यक देखिन्छ । गृह मन्त्रालयले आफ्ना मातहतका सबै निकाय र संयन्त्रलाई सचेत पार्ने र सावधानी अपनाउन निर्देशन दिएको छ।सबै प्रदेश र स्थानीय सरकारले पनि तदनुकुलको योजना बनाउन जरुरी देखिन्छ ।
सरकारको ध्यान कोरोना महामारी नियन्त्रका साथ साथै भारी बर्षाका कारण हुने प्राकृतिक बिपदका घटनामा समेत ध्यान जानुपर्ने देखिन्छ । तीनै तहको सरकारले प्राकृतिक बिपद पर्दा नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने उपाय सोच्नुपर्ने बेला आएको छ । जोखिमपूर्ण क्षेत्रका नागरिकलाई केन्द्र सरकारको पहलमा एकिकृत बस्ती बिकास कार्यक्रम मार्फत सहज स्थानमा सार्ने काम पनि भएको थियो । नेपालको भौगोलिक अवस्थाले गर्दा मनसुन अर्थात बर्षा शुरु हुने बित्तिकै पहिरोका काण सडक अवरुद्ध हुने, भत्काउने र पुलहरु बगाउने समेत हुदा बिकास निमार्णमा समेत बाधा अवरोध पु¥याएको देखिन्छ । हिउदभरी सडक र पुल निमार्ण गर्ने बर्खा लागे पछि बाढीले भत्काउने गरेको छ ।
दिगो बिकासको प्रत्याभूती दिलाउन निमार्णको बैकल्पी प्रयोग खोजी हुनु पर्छ अर्थात बाढी पैरो लगायतले नोक्सानी नपु¥याउने खालका सडक पुलहरुको निमार्ण हुनुपर्ने खाचो देखिएको छ । त्यसैगरी तीनै तहका सरकारले प्राकृतिक बिपद्मा परेका नागरिकबारे चासो लिनुपर्ने हुन्छ । प्राकृतिक बिपद नियन्त्रण, रोकथाम उदर र राहतको कार्यक्रमलाई चुस्त र पारदर्षि बनाए मात्रै बिपद्मा सरकार जनताको साथमा छ है भन्ने सन्देश दिन्छ । यसका लागि तीनै तहकासरकालेबजेट छुट्याएर काम शुरु गर्न जरुरी देखिएको छ ।





