स्याङ्जा, २ असार– स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छभने छ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा भीरकोट नगरपालिका– ३ का ३६ वर्षीय गणेश जंग अधिकारी रहेको प्रहरीले बताएको छ ।
भीरकोटको बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप दुर्बुङठाटीको कच्ची सडक खण्डमा दुर्घटना हुँदा ७ जना घाईते भएकोमा अधिकारीको भीरकोट नगर अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र प्रसाद अधिकारीले बताए ।
दुर्घटनामा भीरकोट नगरपालिका ३ का ३० वर्षीय मनु भन्ने विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीय प्रतिमा परियार, ४८ वर्षीय रुक बहादुर परियार, २८ वर्षीय सोनी श्रेष्ठ र पुतलीबजार नगरपालिका बस्ने २४ वर्षीय दिनेश परिवार गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा गम्भिर घाइते छ जना कै गण्डकी मेडिकल कलेजमा थप उपचार भैरहेको अधिकारीले बताए ।





