बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाल टेलिकमका मोबाइल नम्बरमा फोन नलाग्ने समस्या

नेपाल टेलिकमका मोबाइल नम्बरमा फोन नलाग्ने समस्या


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७८, बुधबार

बागलुङ, ९ असार– नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ । बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्याले सेवाग्राही समस्यामा परेका छन् । मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको छ । यसो हुनुको कारण खुलेको छैन ।
नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताए । ‘हाम्रा धेरै सिस्टम छन्, कहाँनिर समस्या आयो भन्ने पत्ता लागिसकेको छैन । प्राविधिक साथीहरुले समस्या समाधानका लागि काम गरिरहनु भएको छ,’ उनले भने ।
उनका अनुसार बिहान साढे ६ /७ बजेदेखि फोन नलाग्ने समस्या आएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->