आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ग्रासरुटबाट खेलकुद विकास

ग्रासरुटबाट खेलकुद विकास

पेखराको नीति तथा कार्यक्रममा खेलकुद


  • ढोरपाटन संवाददाता
  • असार १० २०७८, बिहिबार

पोखरा, १० असार– पोखरा महानगरले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा खेलकुदलाई ‘ग्रासरुट’स्तरबाट लैजाने गरी कार्यक्रम ल्याउने उल्लेख छ ।
मेयर जिसीले खेलकुद क्षेत्र उकास्न तल्लोतहबाटै कार्यक्रम ल्याउने बताएका हुन् । महानगरले हाइअल्टिच्युड मैदान निर्माण कार्यलाई निरन्तरता दिनुका साथै एक वडा एक खेल मैदान निर्माणको योजना पनि अघि सारेको छ ।
यो वर्ष महानगरले महानगरस्तरीय खेलकुद विकास समितिमार्फत वडास्तरमा खेल प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन गर्ने योजजा अघि सारेको हो । ‘महानगरीय खेलकुद विकास समितिमार्फत वडास्तरमा खेल प्रतियोगिता तथा प्रशिक्षण सञ्चालन गरिनेछ,’ मेयर जिसीले भने । उनले महानगरलाई खेलकुद सहरका रुपमा विकास गर्न नेपाल सरकार र प्रदेश सरकारको सहकार्यमा राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण र भएका पूर्वाधारको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिने बताए ।
महानगरले विद्यालयस्तरमा समेत खेलमैदान निर्माण कार्यलाई प्रोत्साहन दिँदै महानगरस्तरीय मेयरकप खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने बताए । ‘स्वास्थ्यका लागि व्यायाम कार्यक्रमलाई निरन्तरता दिँदै एक टोल, एक खुल्ला क्षेत्र, एक खुल्ला क्षेत्र एक व्यायामशाला कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘महानगर वर्ष खेलाडी छनोट गरी सम्मान गर्ने व्यवस्था गरिनेछ ।’
जिसीले ४ वर्षे कार्यकालमा महानगरका ९१ स्थानमा सानाठूला पार्क तथा खेल मैदान निर्माण गरिएको बताए । एक वडा एक खेल मैदान परिकल्पना अनुसार २९ स्थानमा ब्याडमिन्टन र भलिबल कोर्ट निर्माण गरिएको र पोखरा २० मौजामा हाइअल्टिच्युड अन्तराष्ट्रिय खेल मैदान र पोखरा १३ मा सेभेन ए साइड फुटबल मैदान निर्माण भइरहेको छ । पोखरा महानगरले दीपक गोदारको अध्यक्षता तथा सुवास खड्काको सदस्य सचिव रहने गरी महानगर खेलकुद विकास समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->