बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीमा म मन्त्री हुन्न : प्रदेश सांसद लामिछाने

गण्डकीमा म मन्त्री हुन्न : प्रदेश सांसद लामिछाने


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७८, शुक्रबार

नवलरपुर, ११ असार – पूर्वी नवलपरासी (नवलपुर) वाट प्रदेश सभामा निर्वाचित सांसद बिष्णु प्रसाद लामिछानेले गण्डकी प्रदेश सरकारमा मन्त्री नबन्ने घोषणा गरेका छन ।
गण्डकी प्रदेश मन्त्रीमण्डलमा समावेश हुन ४ दलिय गठबन्धनभित्रवाट हान्थाप भैरहदा नेपाली कांग्रेसवाट प्रदेश सभामा बिजयी लामिछानेले मन्त्री मण्डलमा आफु नजाने घोषणा गरेका हुन ।
नेपाली कांग्रेसवाट मुख्य मन्त्रीमा निर्वाचित भएका कृष्णचन्द्र नेपालीलाई सहयोग गर्न र ४ दलिय गठबन्धनलाई सघाउन आफु मन्त्रीमण्डलमा सहभागि नहुने स्वघोषणा गरेको उनले जानकारी दिए ।
उनी नवलपर क्षेत्र नम्बर २ को ‘क’ निर्वाचनवाट निर्वाचित प्रदेशसभा सदस्य हुन ।
मुख्य मन्त्री सहित ४ बिनाबिभागिय मन्त्रीले सपथ खाएको १२ दिन सम्मपनि मन्त्रीमण्डलको कार्यबिभाजन र पुर्णता पाउन नसकेको अबस्थामा लामिछानेले एकाएक आफु मन्त्रीमा नजाने घोषणा गरेर नव गठिन सरकारलाई सजिलो बनाएको दावी गरेका छन ।
पोखरेलको नेतृत्वमा गठित नया मन्त्रीमण्डलमा राखिएका ४ जना बिनाबिभागिय मन्त्रीहरुलाई मन्त्रालय तोक्ने नसकेको अबस्थामा मुख्यमन्त्रीकै जिल्लावाट प्रदेश सभामा बिजयी लामिछानेले मन्त्रीमा सहभागि नहुने घोषणा गरेका हुन ।
‘यो सरकार रहदासम्म म मन्त्री मण्डलमा जान्न’ उनले भने । गठबन्धन सरकारलाई टिकाउन र मुख्य मन्त्रीलाई मन्त्रीमण्डल गठन गर्न सघाउन आफुले त्यस्तो निर्णय गरेको उनले सुनाए । लामिछाने मुख्य मन्त्रीका दाहिने हात भनेर चिनिन्छन ।
‘मन्त्री मण्डल गठन गर्ने बिषय मुख्यमन्त्रीको बिषेशाधिकार र निजि मामिला हो’, लामिछानेले भने, ‘उहाँको सजिलो र गठबन्धन सरकारलाई सघाउन आफुले त्यस्तो घोषणा गरेको हुँ ।’ उनले यो मन्त्रीमण्डलको समयाअबधि रहेको अबको डेढ बर्षसम्म आफु मन्त्रीमा नजाने दावी गरे ।
‘जनताका तमाम आशा बढेका छन । त्यो स्वभाविक छ । मन्त्रीमण्डल गठनमै हान्थाप छ भन्ने सन्देश जानु राम्रो लागेन’ उनले भने ।
पूर्वी नवलपरासीमा ४ कार्यकाल कांग्रेसको जिल्ला सभापतिमा कृष्णचन्द्र नेपाली हुदाँ त्यतिनै अबधि लामिछाने पार्टीको कार्यालय सचिव रहेका थिए । लामिछाने हाल पूर्वी नवलपरासीमा कांग्रेसका जिल्ला सभापति समेत हुन ।
नेपाली कांग्रेसवाट १५ जना प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशमा मन्त्रीमण्डलमा सामेल नहुने घोषणा गर्ने लामिछाने पहिलो सदस्य हुन । नेपालमा रहेका ७ वटा प्रदेश सरकारमा मन्त्री नबन्ने घोषणा गर्ने लामिछाने पहिलो सदस्य हुन । कांग्रेसका अन्य १३ जना प्रदेश सभा सदस्य मन्त्री मण्डलमा जान हान्थाप छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी जनमोर्चा र स्वतन्त्र सांसद राजिब गुरुंग सहभागि गठबन्धनमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्य मन्त्री बनेका हुन । जनमोर्चा मन्त्रीमण्डलमा नजाने र बाहिर रहेर सरकारलाई सर्मथन गरेको दल हो ।
नेपाली कांग्रेसवाट मुख्य मन्त्री सहित ४ , माओवादीवाट ४ , जनता समाजवादीवाट बढिमा २ जना मन्त्रीमण्डलमा सहभागि हुने सहमती भएपनि मन्त्रीमण्डलमा जान हान्थाप भएका कारण मन्त्रीमण्डलले पुर्णता पाउन सकेको छैन ।
मन्त्रीमण्डलले पुर्णता पाउन नसकिरहेकै अबस्थमा केन्द्रवाट त्यस्को टूंगो लगाउन कृष्णचन्द्र नेपाली पोखरेल काठमाण्डौ गएर नेताहरुसंग छलफल गरेर फर्केका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->