शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सरुवा रोग अस्पताललाई अक्सिजन प्लान्ट

सरुवा रोग अस्पताललाई अक्सिजन प्लान्ट


  • ढोरपाटन सम्वाददाता
  • असार ११ २०७८, शुक्रबार

पोखरा, ११ असार– पोखरा महानगरपालिकाको लेखनाथस्थित आँपुडाडामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पुरी फाउण्डेसन बेल्जिएमको समन्वयमा युरोपबाट प्लान्ट स्थापनाका लागि सहयोग जुटाउन लागिएको हो ।
प्लान्टबाट दैनिक ६ हजार लिटर लिक्वीड अक्सिजन उत्पादन गरिने लक्ष्य लिइएको छ । गैर आवासीय नेपाली समाज बेल्जियमसमेतका विभिन्न संस्थाहरुको सहयोगमा लगभग २ करोड मुल्य बराबरको प्लान्ट जडान हुनेछ । अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने हेतुका साथ अस्पतालमा प्लान्ट स्थापनाका लागि सहयोग जुटाएको पुरी फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत बेदराज पुरीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->