बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीको कुहुँ दश दिनका लागि सिल

म्याग्दीको कुहुँ दश दिनका लागि सिल


  • ढोरपाटन संवाददाता
  • असार १४ २०७८, सोमबार

म्याग्दी, १४ असार– म्याग्दीको मंगला गाउँपालिका वडा नं. १ मा पर्ने कुहुँलाई दश दिन सिल गरिएको छ । कुहुँ र पूर्णगाउँमा एकैदिन लक्षणसहितका ३९ जना कोरोना संक्रमित भेटिएपछि नियन्त्रणका लागि सिल गरिएको हो ।
गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा कुहुँमा एम्बुलेन्स, बिरामी बोक्न प्रयोग भएको गाडी, औषधि र विकास आयोजनाका सामग्री बोकेका बाहेकका गाडी र मानिसको आवतजावतलाई बन्द गरिएको उल्लेख छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले कोरोना संक्रमण फैलिन नदिन असार २३ गतेसम्मका लागि कुहुँ वडा सिल गरिएको जानकारी दिनुभयो । वडा कार्यलय तथा सहकारीको सेवा बन्द भएको छ । खाद्यान्न सामग्री गाउँपालिकाको सहमति लिएर तोकिएको समयमा ढुवानी गर्नुपर्नेछ ।
आइतबार वडाध्यक्ष डेकबहादुर राम्जाली र कर्मचारीसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३९ जनाको परीक्षण गर्दा सबैमा कोरोना संक्रमण पुष्टि भएको स्थानीय अगुवा एकजित रोकाले बताउनुभयो । संक्रमित सबैमा ज्वरो आउने तथा रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->