बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

होटल तथा रेष्टुरेन्ट वयबसायीद्वारा कोरोनाविरुद्वको खोप माग

होटल तथा रेष्टुरेन्ट वयबसायीद्वारा कोरोनाविरुद्वको खोप माग


  • ढोरपाटन सम्वाददाता
  • असार १५ २०७८, मंगलबार

बागलुङ, १५ असार– देशको पर्यटन क्षेत्रमा ठूलो योगदान पुर्याउदै आएका बागलुङका होटल तथा रेष्टुरेन्ट व्यवसायीले कोरोना भाइरसविरुद्व खोप लगाउन माग गरेका छन् ।
कोरोना जोखिमबीची उपभोक्तालाई सेवा दिदै आएका होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले कोरोना खोपको माग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदैसंघका अध्यक्ष निलेश राजभण्डारीले व्यवसायीलाई तत्काल कोरोना भाइरसविरूद्वको खोप उपलब्ध गराई व्यवसाय संचालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।
कोरोनाको जोखिम मोलेर होटल क्वारेन्टाइन सेवा समेत संचालन गरेर सरकारलाई सहयोग गरेको समेत स्मरण गराउँदै व्यवसायीलाई अब आउने खोपको प्राथमिकता राखेर सहयोग गर्न अध्यक्ष राजभण्डारीले प्रजिअसमक्ष आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी कार्कीले भने बागलुङमा कोरोना भाइसबिरूद्वको खोप लगाउनु पर्ने प्राथमिकतामा होटल तथा रेष्टुरेन्ट व्यवसायी पनि पर्ने हुँदा आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।
बागलुङमा साना ठूला गरि करिब १ सय वटा होटल तथा रेष्टुरेन्ट संचालनमा रहेका छन् । सरकारले बैशाखदेखि जिल्लामा निषेधाज्ञा जारी गरेपछि होटल तथा रेष्टुरेन्ट ठप्प हुँदा करिब ५ सय जना वेरोजगार हुन पुगेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->