बाँसको पुलः तनहुँको भानुनगरपालिका वडा नं. ७ र ८ जोड्ने धारापानी खोलामा स्थानीय सीपमा निर्माण गरिएको बाँसको पुल । यो पुल स्थानीय सानटारी ब्वाइज यूनियन क्लवमा सहभागी युवाहरुले निर्माण गरेका हुन् । पुल निर्माणपछि बर्षादको समयमा स्थानीयलाई आउजाउ गर्न सजिलो भएको छ । विद्यालय खुलेपछि दैनिक सयभन्दा बढि विद्यार्थीहरु आउजाउ गर्ने वाटो पनि यही पुल हो ।
तस्वीर: मनोज कुमार श्रेष्ठ





