बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा जेसिजको निशुल्क एम्बुलेन्स सेवा

पोखरा जेसिजको निशुल्क एम्बुलेन्स सेवा


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७८, शनिबार

पोखरा, १९ असार– पोखरा जेसीजले कोभिड–१९ विरामीलाई अस्पतालसम्म पु¥याउनका लागि निशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको हो ।

कोरोना महामारीको समयमा चर्को शुल्क तिरेर एम्बुलेन्समा लैजान पर्ने बाध्यता रहेकाले विरामीलाई अस्पतालसम्म विना शुल्क पु¥याउने लक्ष्यका साथ उक्त सेवा सुरु गरेको हो ।

जेठ बाट नै सुरु गरिएको सेवाको उद्घाटन भने शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसिले गरेका थिए ।
सेवा विस्तार गरेसंगै हालसम्म ७८ बढि विरामीलाई सेवा दिइसकेको छ ।

कोभिड महामारीको समयमा सेवा गर्नका लागि जेसी मिनराज खड्काको संयोजकत्वमा ६ सदस्यीय जेसी आई पोखरा इमरजेन्सी टास्क फोर्स गठन गर्दै एम्बुलेन्स सेवा सुचारु गरेको हो ।

सदस्य गणेश गिरी, शक्ति बरुवाल, अनन्त प्रधानाङ्ग, विनु श्रेष्ठ, सुमन पहरी र प्रकाश घिमिरे सदस्य रहेको समितिको पहिलो कार्य निशुल्क एम्बुलेनस सेवा रहेको संयोजक खड्काले जानकारी दिए ।

‘यो प्रतिकूल समयमा पनि जेसीज यो मानवताको सेवा गर्ने अभियानलाई थप प्रभावकारिताका साथ सञ्चालन गर्नका लागि हामीले टास्क फोर्स गठन गरेका हौँ’ खड्काले भने ।

पोखरा जेसीज अध्यक्ष किरण केसीको समन्वयमा टास्कफोर्स गठन भएको उनको भनाइ रहेको छ । फोर्स मोटर हिमालयन कन्टिनेन्टलका संचाल ध्रुव थापाले एम्वुलेन्सका लागि गाडी सहयोग गरेको खड्काले बताए ।

सहयोगी मनहरुकै कारण सेवा सुचारु गर्न सकेको बताउँदै उनले उक्त एम्बुलेन्स सेवा २४ शै घण्टा तयार रहने जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->