शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाको तेस्रो लहरबाट बालबालिका मात्रै प्रभावित हुन्छन् भन्नु गलत : डा. पुन

कोरोनाको तेस्रो लहरबाट बालबालिका मात्रै प्रभावित हुन्छन् भन्नु गलत : डा. पुन


  • ढोरपाटन सम्वाददाता
  • असार २० २०७८, आइतबार

बागलुङ, २० असार– भाईरोलोजिष्ट डा. शेरबहादुर पुनले कोरोना महामारीको तेस्रो लहरबाट बालबालिका मात्रै प्रभावित हुन्छन् भन्नु हल्ला मात्रै भएको बताएका छन् । कोरोना भाईरस बिरुद्धको खोप अभियान चलिरहेकाले बयस्कहरुले खोप लगाईसकेको हुने आँकलनका आधारमा बालबालिका मात्रै प्रभावित हुन्छन् भन्न नमिल्ने उनको तर्क थियो ।
तेस्रो लहर आउँदा हालसम्म खोप नलगाएका र कोरोनाको संक्रमण समेत नभएका सबै नागरिक प्रभावित हुने उनले बताए । बालबालिका मात्रै प्रभावित हुन्छन् भन्ने कुनै अध्ययनको आधार नभएको भन्दै उनले अहिलेसम्म बालबालिकाका लागि खोप नबनेकाले उनीहरु जोखिममा छन् भन्नमात्रै मिल्ने बताए । पछिल्लो पटक नेपालमा चलिरहेको कोरोना भाईरसको दोस्रो लहर डेल्टा भेरियन्ट भएको जानकारी गराउँदै उनले तेस्रो लहरमा नयाँ भेरिन्ट सुरु हुने बताए ।
‘भारतमा गरिएको अध्ययनमा नेपालमा डेल्टा प्लससमेत फैलिएको पाईएको छ, यदी त्यसो हो भने आउँदो लहर तेस्रो लहर नभएर नयाँ भेरियन्ट यहीँबाट सुरु हुन्छ’ पुनले भने । कोभिड–१९ संक्रमणसँग जुध्नका लागि सहयोग गर्न बनेको समुह टिम बागलुङले शनिबार पुनसँग गरेको भर्चुअल छलफलमा पुनले एक पटक संक्रमण भएकाहरु दोस्रो लहरमा समेत संक्रमित भएको तर गम्भिर नभएको बताए ।
‘खोप सुरक्षित रहेछ, हाम्रो दिव्यदृष्टि खोप लगाउनेमा हुनुपर्छ’ पुनले भने ‘सरकारले ध्यान खोप ल्याउने र लगाउनेमा दिनुपर्छ ।’ उनले सबैखाले भेरियन्टको लागि खोप सुरक्षित हुनसक्ने तर्क गरे । एक चरणको खोप लगाएर दोस्रो चरणको खोप नपाएका जेष्ठ नागरिकको बिषयमा पनि गम्भिर हुनुपर्नेमा उनको जोड थियो ।
‘अहिले निशेधाज्ञा र लकडाउन गरेर बचेका सबै आउँदो भेरियन्टको सम्भावित संक्रमति हुन्’ डा. पुन भन्छन् ‘खोप लगाएका र एक पटक संक्रमित भएकामा भन्दा खतराका लक्षण अरुमा बढी देखिएको छ ।’ कोरोना संक्रमण जितेपछिका समस्याले मानव शरीरमा थप जटिलता थपेको भन्दै उनले पोष्ट कोभिडको विषयमा कार्ययोजना बनाएर काम गर्नुपर्ने बताए । पुनका अनुसार संक्रमण मुक्त भएका ८० प्रतिशतमा पोष्ट कोभिडको समस्या छ ।
छलफलमा बागलुङ जिल्लाका सरोकारवाला, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण तथा सञ्चार र स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरुले सवाल–जवाफ गरेका थिए । पुनले जथाभावी औषधि प्रयोग, बिना जाँच कोरोनाको हेलचक्राई नगर्न र खानपानमा ख्याल गर्न आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->