स्याङ्जा, २० असार– चापाकोट नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका १ गैहैथरका राजु गैह्रे रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
चापाकोटबाट चौधेरा तर्फ जादैँ गरेको लु २० प ३०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि अन्दाजी २० मिटर तल खस्दा गैह्रेको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।





