आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

जसपाको दुई समुह आ–आफ्नै बाटो लाग्ने सहमती

जसपाको दुई समुह आ–आफ्नै बाटो लाग्ने सहमती


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७८, मंगलबार

काठमाण्डौ, २२ असार– जनता समाजवादी पार्टी (जसपा) बीचको विवादबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकमै जसपाका नेताहरुबीच आआफ्नो बाटो लाग्न सहमत भएका छन् ।

सहमतिका लागि बोलाइएको छलफलमा दुवै पक्षले आआफ्नो दावी छाडेनन् । सहमति त परैको कुरा नेताहरुबीच आआफ्नो बाटो लाग्न सहमत हुँदै उनीहरु निर्वाचन आयोगबाट बाहिरिएका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार, जसपाका नेताहरु एकताका लागि सहमत भएनन् । उनीहरु फुटका लागि भने सहमत भए ।

निर्वाचन आयोगले दल दर्तासम्वन्धी ऐन अनुसार आधिकारिकताको दावी पेश गर्न भनिएको छ । त्यसमा दुवै पक्ष सहमत भएका छन् ।

आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ ।

आयोगमा भएको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए ।

यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->