पोखरा, २४ असार– नेपाली कांग्रेस कास्कीले क्रियाशील सदस्यको वितरण केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो ।
टोलीमा उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता नवीन सिग्देल सामेल थिए । प्रवक्ता सिग्देलका अनुसार कास्की कांग्रेसले नयाँ र पुराना गरी १९ हजार एक सय ४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको हो ।
टोलीले पार्टीका केन्द्रीय नेताहरुसँग भेटघाट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी १४ औं महाधिवेशनबारे छलफल गरेको थियो ।





