आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सातघण्टा छलफलपछि नेताहरूले भने, ‘सहमति नजिकमा पुग्यौँ’

सातघण्टा छलफलपछि नेताहरूले भने, ‘सहमति नजिकमा पुग्यौँ’


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७८, शुक्रबार

काठमाडौं, २५ असार – नेताहरूले नेकपा एमालेको कार्यदल बैठक पार्टी एकतालाई जोगाउन सहमतिको नजिक पुगेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सात घण्टा लामो छलफलपछि नेताहरूले सहमति नजिकमा पुगेको बताएका हुन् ।
कार्यदलका सदस्य तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार अब केही भाषिक विषय मिलाउन मात्र बाँकी छ । ‘हामीले झण्डै सात घण्टा सौहार्द रूपमा छलफलमा व्यतित गरेका छौँ । पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौँ । सहमतिको दस्ताबेजलाई अन्तिम रूप दिन, भाषिक परिमार्जनका विषयमा भोलि एकछिन बस्न पर्ने भएकाले भोलिसम्मका लागि बैठक स्थगित गरेका छौँ’, बैठकपछि उनले भने । पार्टीको भविष्य के होला भन्ने कार्यकर्ताको चिन्ता दूर गर्ने उनले बताए । आजको छलफल सकारात्मक, सौहार्द र रचनात्मक भएको ज्ञवालीको भनाइ छ ।
त्यस्तै, कार्यदलका सदस्य गोकर्ण विष्टले केही विषय टुङ्गन बाँकी रहेको र भोलि बस्ने बैठकबाट टुंगिने जानकारी दिए । ‘समयको अभावले एकाध विषय बाँकी रहेको छ । अरू सबै सन्दर्भमा हामी सहमतिमा पुगेका छौँ,’ बैठकपछि विष्टले सञ्चारकर्मीसंग भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->