आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

देउवाको सपथग्रहण, ५ सदस्यीय मन्त्रिपरिषद् गठन

देउवाको सपथग्रहण, ५ सदस्यीय मन्त्रिपरिषद् गठन


  • ढोरपाटन सम्वाददाता
  • असार २९ २०७८, मंगलबार

काठमाडौं, २९ असार– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन् । मंगलबार साँझ पाँचौपटक प्रधानमन्त्री प्रधानमन्त्रीको सपथग्रहण गरेका देउवाले मंगलबार नै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
बालकृष्ण खाँडले देउवा सरकारमा गृहमन्त्रीको जिम्मेवारीमा छन् । देउवाको लामो राजनीतिक यात्रामा विश्वासिलो सहयोगीका रुपमा रहेका खाँड कांग्रेस संसदीय दलको प्रमुख सचेतक थिए ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->