चालु आर्थिक बर्षमा कुल ग्राहस्त उत्पादनको २७.०८ प्रतिशत कृषि क्षेत्रको योगदान रहेको तथ्याङ्क छ । पर्यटन उद्योग जस्तै अन्य सेवाका क्षेत्र भन्दा पनि बढी कृषिको योगदान हुदा यो क्षेत्र सधैं उपेक्षित बन्नु बिडम्वना हो । संसार कोभिड १९ को महामारीबाट प्रभावित भएको बेला कृषि उत्पादनको महत्व बढ्दै गएको छ । जस्तासुकै महामारीका बेला पनि मानव जीवनको अभिन्न बनेको खाद्य तथा औषधिजन्य पदार्थको उत्पादनको महत्व बढिरहेको छ । कृषिको महत्व बुझेर नै केपी ओली सरकारले व्यावसायिक खेती गर्ने कृषकहरुलाई अनुदान समेत दिँदैआएको छ ।
नेपालमा अन्य पेशा ब्यावसाय जस्तै कृषिको पनि सम्भावना उस्तै छ । अभःै पनि जनसंख्याको ६६.७ प्रतिशत प्रत्यक्षरुपमा कृषि पेशामा निर्भर रहेको तथ्याङ्कले देखाउछ । बिगतमा कुल ग्राहस्थ्य उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगटेको हुन्थ्यो भने हाल घट्न गएको छ । नेपाल भौगोलिक हिसाबले सानो भए पनिजलवायुको हिसावले बिबिधता पाईन्छ । जसले गर्दा ठाउँअनुसारकै कृषि उपजहरू उत्पादन हुने गर्छन् । जलवायू र मौसमको विविधताले गर्दा कुनै एक ठाउँमा उत्पादन उपज अर्काे ठाउँमा बेमौसमी हुनसक्छ । कृषि उत्पादनबाट प्रसस्तै आर्थिक आम्दानी गर्न सहयोग पुग्छ । कृषि पेशाले वनजंगल र प्राणीहरूलाई समेत अस्तित्व राखेको छ । उद्योग र अन्य पेशा नभए पछि अझै पनि नेपालीहरु निर्वाहका लागि कृषि उत्पादन तर्फ लागेको देखिन्छ । २०६८ सालको कृषि गणना अनुसार करिब ३८ लाख घर परिवारले कृषिलाई मुख्य पेशा बनाएको पाइन्छ । कतिपय किसानहरू जमिन्दार तथा भूमिपतिकोमा न्यूनतम ज्यालामै काम गर्न वाध्य छन् । अधिकांश किसानहरु परम्परामा आधारित कृषि कर्म गरिरहेका छन् । अव परम्परामा आधारित र निर्वाहमुखी कृषिले देशको विकास हुन सजिलो छैन । कषिको आधुनिकीकरण र तकनिकीकरण गर्न जरुरी छ । कृषिलाई औजारीकरण गर्न अनुदान र प्रोत्साहन गर्न जरुरी छ । परम्परागत निर्वामुखी कृषिले कृषि उपजमा समेत परनिर्भरता बणएको छ । उत्पादन कम माग बढी भएकाले छिमेकी मुलुकहरूको आयातमा भर पर्नु परेको छ । नेपालमा कृषिको विकासका लागि छुट्टयाइको अनुदान रकम समेत लक्षित समूहसम्म पुग्न सकेको छैन । बास्तबिक कृषकले भन्दा कागजी कृषकले बढी पाइदा लिने गरेको पाइन्छ । कृषि क्षेत्रका नीतिहरु पर्याप्त र प्रभावकारी पनि छैनन् । अहिले भइरहेको नीति नियमहरु प्रणाली हेर्दा पहँुचमा आधारित देखिन्छ । कृषकका लागि छुट्टाईएको अनुदान पहुचवालाहरुमा मात्रै सिमित रहेको पाइन्छ । स्रोत र साधनको अभावमा साना किसानहरुले कृषि पेशालाई आधुनिक र व्यावशायीककरण गर्न सकिरहेका छैनन् । केही ठूला कृषकहरुले ठूला कम्पनीको रुपमा खोलेर काम शुरु गेको देखिन्छ । यसलाई सकारात्मक मान्नुपर्ने हुन्छ । यस्ता प्रयासहरूले कृषि बजारमा स्थानीयउत्पादनले ठाउ लिन सक्ने सम्भावना रहने देखिन्छ । चालु आर्थिक वर्षको दश महिनामा ३१ अर्ब रुपैया बरावरको धान तथा चामल, मकै, कोदो, गहुँ, फापरलगायतखाद्य सामाग्री आयात भएको छ । जुन तथ्यले हाम्रो अवस्थालाई स्तब्ध तुल्याएको छ ।
व्यावसायिक कृषि उत्पादनले स्थानिय बजारको माग पूरा गरे पछि छिमेकी मुलुकलगायत अन्य मुलुकहरुसम्म नेपाली उत्पादन पु¥याउन सकिन्छ । अहिले नेपालमा युवाहरुको संख्या ४० प्रतिशत छ । केही युवाहरुलाई छोडेर अधिकांश युवाहरुले कृषि पेशा गर्न रुचाएको देखिदैन । युवाहरु खाडी मुलुकको कष्टकर श्रम गर्न रुचाउछन् । तर, आफ्नो बाझो खेतबारीलाई हराभरा बनाउँदैनन् । कृषि उत्पादनलाई अरु बहुर्राष्ट्रिय कम्पनी बनाउने, साना र मझौला खालका फर्महरु संचालन गरेर व्यवसायी खेती गर्नेतर्फ राज्यले आकर्शित गर्न ढिलो भइसक्यो । युवाहरुलाई दिनहुँजसो हजारौ संख्यामा रोजगारीमा जान प्रोत्साहन गर्नुहुँदैन । सरकारले युवा वर्ग लक्षित कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन नसक्दा वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । बैदेशिक रोजगारीले धेरै नेपालीहरुको घरायसीलगायतका समस्या टारेको पनि होला तर त्यो भन्दा बढी समस्या निम्त्याएको छ ।
कृषिको औद्योगिकीकरणको लागि पनि उपलब्ध स्रोत र साधनलाई कृषि मैत्री बनाउन जरुरी छ । कृषि उत्पादन बढाउन सकेमा कृषिमा आधारित उद्योगलाई पुग्ने कच्चा पदार्थ बिदेशबाट आयात गर्न नपर्नेहुन्छ । आफ्नै देशको कच्चापदार्थ उद्योगका लागि प्रयोग गर्न सकिन्छ । कृषिलाई व्यवशायका रुपमा विस्तार गरेर स्वदेशमा मात्रै उपभोग गर्नका लागि होइन,देशमा निर्यात गर्न सक्ने लक्ष्य लिनुपर्ने हुन्छ । राज्य र निजी क्षेत्रको सहकार्यमा स्वदेशी उत्पादन र उद्योगलाई बचाउन सकिनेछ । त्यति मात्रै होईन सहकारी वा लघुवित्त संस्थाको माध्यमबाट राज्यले दुर्गम तथा ग्रामीण क्षेत्रमा सामुहिक खेती प्रणालीको अवधारणलाई अघिसार्नु पर्छ । कृषि औजारलगायत सामानमा अनुदान प्रदान गर्ने नीति बनाउन जरुरी छ । हामीले प्रयाप्त मात्रामा खाद्यान्नको उत्पादन गरी आत्मनिर्भर बन्न सक्छौं । बिश्वको अवको चुनौति भनेको पनि खाद्यान्नको अभाव पनि हो । त्यसकारण खाद्य सुरक्षाका लागि कृषि उत्पादनमा जोड नदिइ सुखै छैन । मुलुकलाइ गरिबी बेरोजगारी, भोकमरी, अनिकाल, र खाद्यान्नको असुरक्षाको चंगुलबाट जोगाउन कृषि क्षेत्रलाई ध्यान दिन जरुरी छ । कृषिलाई व्यवसायिकरण गरेमा गरिबी न्युनिकरण गर्न सकिन्छ । कृषिको विविधिकरण, व्यवसायकीकरण, यान्त्रिकीकरण र गुणस्तर मार्पmत् गरिबि र बेरोजगारी जस्ता समस्याहरू न्युनिकरण गर्न सकिन्छ । कृषिको विकास सँगै देशमा विभिन्न कृषिसँग सम्बन्धीत उद्योगहरूको स्थापना हुन्छ । जसबाट आम सर्वसाधारणले रोजगारीको अवसर पाउछन् । विदेशिनु पर्दैन । कृषिको व्यवसायिकीकरणले आर्थिक बृद्धिदर हुनेछ । कृषिजन्य वस्तुहरूको उत्पादन गरी देशको विकासका साथसाथै आर्थिक विकासमा समेत सहयोग पु¥याउन सकिन्छ । उत्पादित वस्तुहरूको निर्यात गर्न सकिन्छ । अहिले कृषि उपजहरुको पनि अधिक मात्रामा आयात बढेको छ । उत्पादित बस्तुहरु निर्यात गरेर व्यापारघाटा कम गर्न सकिन्छ । कृषि क्षेत्रमा नयाँनयाँ कुराहरूको अनुसन्धानको पनि गर्न सकिन्छ । कृषि विकासको लागि अनुसन्धान अपरिहार्य कार्य हो । जसले नयाँ बनस्पति, बिरुवाहरू उत्पादन गर्न सकिन्छ । बिरुवाहरुको उत्पादकत्व क्षमता, रोगकिरासँग लड्न सक्ने क्षमता आदीको विकास गर्न सकिन्छ । नयाँ प्रजातिका विरुवाको आविस्कार र विकास गर्न सकिन्छ । त्यस कारण राज्यले कृषि क्षेत्रलाई हेला हैन सम्भावनाको रुपमा लिएर कृषिको आधुनिकरण र विकासमा जोड दिनु जरुरी छ ।





