आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

संघीय संसद्का दुवै बैठक साउन ३ गते बोलाउन सिफारिस

संघीय संसद्का दुवै बैठक साउन ३ गते बोलाउन सिफारिस


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०७८, बिहिबार

काठमाण्डौ, ३१ असार– सरकारले साउन ३ गते आइतबार अपरान्ह ४ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । त्यसैगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक बर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउन ३ गते आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र पदाधिकारीको कार्यवधि एक वर्ष थप गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार २८ गते राति १२ बजे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी थिइन् ।
असार १७ गते सुरु भएको राष्ट्रियसभाको आठौँ अधिवेशन १२ दिन चालु भएकोमा जम्मा ६ वटा बैठक बसेका थिए। अधिवेशन अन्त्य भएको ३ दिनपछि नै वर्तमान सरकारले ३ गतेका लागि अर्को अधिवेशन आव्हान गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->