आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेको निर्णय : देउवालाई मत दिने नेता पार्टीमा नरहने

एमालेको निर्णय : देउवालाई मत दिने नेता पार्टीमा नरहने


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०७८, आइतबार

काठमाण्डौ, ३ साउन– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने आफ्ना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ‘देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन्,’ उनले भने ।
प्रधानमन्त्री देउवाले आज संसदबाट विश्वासको मत लिँदै छन् । उनलाई विश्वासको मत दिने एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->