पोखरा, ३ साउन– नेकपा (एमाले)का नेता भीम रावलले सांसद् पदबाट राजीनामा दिएका छन् । अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनामा दिएका हुन् । आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै देउवालाई विश्वासको मत दिनुभन्दा सांसद् पदबाट राजीनामा दिएर दवाव सिर्जना गर्न खोजेको बताइएको छ ।





