आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

२ वर्षपछि ब्याटमिन्टन संघलाई सागको अपूरो भुक्तानी

२ वर्षपछि ब्याटमिन्टन संघलाई सागको अपूरो भुक्तानी

संघले हल बनाउन करिब ३ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान थियो । तर, भवन सम्पन्न गर्दासम्म खर्च साढे ४ करोड माथि पुगेपछि संघलाई समस्या परेको थियो ।


  • ढोरपाटन सम्वाददाता
  • साउन ५ २०७८, मंगलबार

पोखरा, ५ साउन– १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको २ वर्षपछि ब्याटमिन्टन संघले खर्चको भुक्तानी पाएको छ । सागको क्रममा बनेको कभर्ड हलको ५० लाख रुपैयाँ खर्च संघले पाएको हो ।
‘ब्याडमिन्टनका लागि ५० लाख रुपैयाँ आएको छ,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिबी नेपालीले भने, ‘संघ आफैं राखेप पुगेको थियो । त्यहाँ सम्पूर्ण कागजात पेश गरेपछि रकम आइसकेको छ ।’
१३ औं सागअन्तर्गत पोखरामा विभिन्न ७ खेल सम्पन्न भएका थिए । पोखरामा महिला फुटबल, महिला क्रिकेट, ह्यान्डबल, भारोत्तोलन, ट्राइयाथोलन, ब्याटमिन्टन र आर्चरीको आयोजना गरिएको थियो ।
सोही क्रममा ब्याटमिण्टन संघले भने राखेपसँग पूर्वाधार निमार्णमा आधा–आधा रकम हाल्ने गरी योजना अघि बढाएको थियो । संघले हल बनाउन करिब ३ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गर्दै डेढ करोड लगानी गर्ने सहमति गरेको थियो । तर, भवन सम्पन्न गर्दासम्म खर्च साढे ४ करोड माथि पुगेपछि संघलाई समस्या परेको थियो ।
संघका अध्यक्ष डम्बरसिंह गुरुङले अझै पूरा रकम नआएको जानकारी दिए । उनले भवन निमार्णको क्रममा संघको तर्फबाट जिन्सी र नगद गरी करिब १ करोड ६० लाख खर्च भएको जानकारी दिए । राखेपले रकम अभाव भएको भन्दै अपुरो रकम दिएको उनले बताए । ‘हामी अर्को वर्षसमेत भिख माग्न जानुपर्ने भयो’, उनले भने, ‘खेलकुदलाई माया गछौं । आफ्नै खेल भएकाले राज्यलाई सहयोग गरेका हौं । सरकारी सम्पत्ति हो, राज्यले लगानी गर्नुपर्छ ।’
२ वर्षसम्म पनि पूरा रकम नआउँदा संघलाई निकै समस्या परेको उनले गुनासो गरे । निमार्ण कम्पनी तथा व्यक्तिले बारम्बार रकम माग्दै धम्की दिँदासमेत लाचार भएर बस्न बाध्य भएको उनले सुनाए । २ महिना अघि राखेपले पोखराका लागि सागको विभिन्न ६ शीर्षकमा ८० लाख रुपैँया अख्तियारीसहित पठाउँदासमेत ब्याटमिन्टनलाई रकम नपठाएपछि संघका पदाधिकारी आफै काठमाडौं जान बाध्य पारिएको उनले बताए । राखेपले यसअघि आवश्यक कागजात नपुगेको भन्दै रकम रोक्का गर्दै आएको थियो ।
२०७६ मंसिरमा १३ आँै सागअन्तर्गतको ब्याटमिण्टन पोखरामा आयोजना भएको थियो । ब्याटमिण्टनकै लागि संघ र राष्ट्रिय खेलकुद परिषद्को लगानीमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निमार्णको भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->