शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

युवाले बनाए ठेकेदारले अलपत्र पारेको पुल

युवाले बनाए ठेकेदारले अलपत्र पारेको पुल


  • ढोरपाटन सम्वाददाता
  • साउन ५ २०७८, मंगलबार
निर्माण कम्पनीले अलपत्र पारेको शहरे खोला मोटरेबल पुल एक निर्माण व्यवसायी निर्माण पश्चात । तस्वीर : अर्जुन काफ्ले

स्याङ्जा, ५ साउन– ठेकेदार कम्पनीले काम नगरेर अलपत्र परेको सहरे खोला मोटरेबल पुल निर्माण भएको छ । तोकिएको म्याद भित्र काम नगरेर अलपत्र परेको पुल पुतलीबजारका एक युवाले निर्माण गरेका हुन् ।
पुल निर्माण गर्ने म्याद सकिएपछि सडक डिभिजन कार्यालय पोखराले निर्माण कम्पनीलाई कारवाही गरेपछि रसुवा घर भई पुतलीबजार बस्दै आएका रवि पौडेलले पुल बनाउने जिम्मा लिएर बनाएका हुन् । २०६६ साल जेठ ८ गते डेढ वर्ष काम सक्ने गरी सम्झौता गरेको जिएसएन निर्माण सेवा पोखरा १७ ले काम गरेपछि सडक डिभिजनले कारवारी गरेको थियो ।
आँधीखोलागाउँपालिका १ र अर्जुन चौपारी ३ को संगम स्थल शहरे खोला पुलको जिएसएननिर्माण सेवाले भ्याट सहित तीन करोड सात लाखमा सम्झौता गरेको थियो । सम्झौताको समय सकिएर सडकले धरौटी जफत गरेर कोलो सूचिमा राख्ने भनेपछि निर्माण कम्पनीले पौडेलेलाई काम गर्न दिएको थियो । निर्माण भएको मोटरेबल पुल सिगल स्पानमा २५ मिटर लम्बाई र साढे ९ मिटर चौडाइ छ ।
निर्माण कम्पनीले काम नगरेपछि निर्माण व्यवसायी पौडेलले गत मंसिर १३ गते असार मसान्तमा काम सक्ने गरी सडकसँग सहमति गरेर काम थालेका थिए । शहरे खोला पुल पुतलीबजार तथा भिरकोट हुदै पर्यटकीय गाउँ शिरुबारी जोड्ने पुलको २०६६ साल जेठ २० गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले शिलान्यास गरेका थिए । म्याद नागेर अलपत्र परेको मोटरेबल पुल ८ महिनामा काम सक्ने गरी सडकसँग जिम्मा लिएको र समयमै काम सकेको पौडेलले बताए । पुलले आँधीखोला १, अर्जुन चौपारी ३, ४, ५, ६ र पर्वतवासीलाई आउजाउमा सहज हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->