काठमाण्डौ, ६ साउन– नेकपा एमालेको संस्थापन पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अदालतको आदेश आकर्षित नहुने गरी स्पष्टीकरण सोधेको छ । साउन ४ र ५ गतेको मितिमा बुधबार पत्र पठाउँदै एमालेले पार्टी नीति र विधान विपरित कार्य गरेको भन्दै २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण पत्रमा विपक्षी गठबन्धनमा सामेल भएको बारे प्रश्न उठाइए पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको बारे प्रश्न सोधिएको छैन ।
सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री चयन हुँदा पार्टीको ह्वीप नलाग्ने र कारबाही पनि गर्न नमिल्ने फैसला गरेपछि आदेश आकर्षित नहुने भाषा प्रयोग गरिएको हो । पार्टीको विरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टीको निर्णयविरुद्धमा आफू र अरु समेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो रु स्पष्टीकरण पत्रमा सोधिएको छ ।





