काठमाण्डौ, ६ साउन– नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकता प्रक्रियालाई जोड दिने निष्कर्ष निकालेको छ । बुधबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले एकता प्रक्रियालाई जोड दिने सहमति भएको नेता रघुजी पन्तले जानकारी दिए । ‘एकता प्रक्रियालाई राम्ररी अघि बढाउनुपर्छ र एकतालाई जोड दिनुपर्छ भन्ने विषयमा हामी सबैको सहमति भयो’ बैठकको निर्णय सुनाउँदै पन्तले भने । एकता प्रक्रिया चलिरहेका बेला वरिष्ठ नेता नेपालविरुद्ध नाराजुलुश र पुतला जलाउने कार्य तत्काल रोक्न बैठकले माग गरेको उनले बताए ।





