आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रदेश योजना आयोगमा तिम्सिना

प्रदेश योजना आयोगमा तिम्सिना


  • ढोरपाटन सम्वाददाता
  • साउन ८ २०७८, शुक्रबार

पोखरा, ८ साउन– गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन् । तिमिल्सिनाको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ ।
नवनियुक्त सदस्य तिमिल्सिनालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले पद तथा गोपनीयताको सपथ गराए ।
पोखरा– ३३, भोटेपोखरीकी तिम्सिनाले अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेकी छन् । जनसांख्यिक अर्थशास्त्र, कृषि, खाद्य सुरक्षा, सार्वजनिक खर्च प्रणाली, वित्तीय संघीयता, रोजगारी र आम्दानीको वितरण लगायत विषयको अनुसन्धानमा उनको विशेष रुचि छ ।
उनीसँग त्रिभुवन विश्वविद्यालय मातहतको रत्नज्योति कलेज, काठमाडौंमा अध्यापन गरेको अनुभव छ । पोखरेल सरकारले यसअघि उपाध्यक्ष र सदस्यमा क्रमशः डा. रघुराज वाग्ले र डा. सुवाश अधिकारी नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->