बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिचाईको वाँधमा डुवेर एक किशोरको मृत्यु

सिचाईको वाँधमा डुवेर एक किशोरको मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७८, शुक्रबार

नवलपुर, ८ साउन– सिचाईको लागि ड्याम बाँधिएको बाँधमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ का १६ बर्षीय किशोर हिमाल लम्कामगर पानीमा डुवेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
छिमेकीको मलामी गएर फर्कदै गर्दा ति किशोर भैसेंखोलाको बाँधमा पौडी खेल्न गएका थिए ।
प्रहरी र स्थानीयले खोजतलास गर्ने क्रममा बाँधदेखि करिव ५ सय मिटर तल खोलामा अड्किएको अवस्थामा मगरको शव फेला पारेको ईलाका प्रहरी कार्यालय दुम्किवासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->