आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पाँच दलको एकताले संविधान र संसद जोगियो : राजमो अध्यक्ष केसी

पाँच दलको एकताले संविधान र संसद जोगियो : राजमो अध्यक्ष केसी


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७८, शुक्रबार

काठमाण्डौ, ८ साउन– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन् ।

४३ औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष केसीले सर्वोच्चको फैसला स्वीकार्य रहेको बताउँदै राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक भएको समेत आरोप लगाए ।

अहिलेको संविधान जोगिएको र अबको दिनमा संसोधन गरेर अझै उत्कृष्ट संविधान बनाउने बताउँदै उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको बताए ।

अध्यक्ष केसीले जनतालाई कोरोनाबाट बचाउन खोप उपलब्ध गराउनुपर्ने बेलामा ओली नेतृत्वको सरकारले भोट मागिरहेको र संविधान च्यात्न खोजेपछि संघर्षमा जानुपरेको समेत बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->