आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे ८ लाख

नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे ८ लाख


  • ढोरपाटन सम्वाददाता
  • साउन १२ २०७८, मंगलबार

काठमाडौं, १२ साउन– नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ । तीमध्ये साढे चार लाख नयाँ सदस्य हुन् । क्रियाशील सदस्यता छानविन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि कुल ८ लाख ५२ हजार ७११ सदस्यहरूलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।
पदाधिकारी बैठकमा पेस भएको विवरण अनुसार ४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने ४ लाख ९ हजारको नवीकरण भएको छ । सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्य छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->