आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

महराले पाए उच्च अदालत पाटनबाट सफाइ

महराले पाए उच्च अदालत पाटनबाट सफाइ


  • ढोरपाटन सम्वाददाता
  • साउन १२ २०७८, मंगलबार

काठमाडौं, १२ साउन– जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने जिल्ला अदालत काठमाडौंको फैसलालाई मंगलवार सदर गरेको हो ।
महराले उच्च अदालतबाट पनि सफाइ पाएको रजिस्ट्रार ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तत्कालीन सभामुख महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । महरालाई २०७६ फागुन ५ गते जिल्ला अदालतले सफाइ दिएको थियो । त्यसविरुद्ध सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->