काठमाडौं, १२ साउन– सरकारले दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । उनीहर दुवैजना चितवनका हुन् । ओली सरकारले नियुक्त गरेका धर्मनाथ यादव र गण्डकीमा सीता पौडेलको ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न लागिएको हो ।





