मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

राजनैतिक बिकृतिको श्रृंखला फेरी पनि उहि

राजनैतिक बिकृतिको श्रृंखला फेरी पनि उहि

कुनै राजनैतिक बिवाद न्यायपालिकामा आईसकेपछि न्यायालय हाबी भएर शक्तिको अभ्यास गर्नु एउटा बिषय होला तर राजनैतिक बिवाद हेर्नका लागि सिमारेखा कोरिनुपर्ने हुन्छ र संबिधान पनि प्रष्ट लेखिनु जरुरी छ ।


  • दुर्गा भण्डारी
  • साउन १४ २०७८, बिहिबार

नेपालमा दशकै पिच्छे ब्यवस्था परिवर्तनका लागि आन्दोलन हुने गरेको छ । २०४६ सालमा नागरिकहरुको आन्दोलन पश्चात ३० बर्षे निर्दलिय पञ्चायती शासन ब्यवस्था ढल्यो । त्यसले आम नागरिको जनजिवनमा कुनै तात्वीक असर परेन । २०४६ पछिको बहुदलिय शासन ब्यवस्थामा चरम राजनैतिक बिकृति बढ्यो । कर्मचारी तन्त्र र सार्वजनिक सेवा प्रवाहमा कुनै शुसासन कायम हुन सकेन । हरेक क्षेत्र पेशा ब्यावसाय दलिय करणबाट मुक्त हुन सकेन । नेपाली जनताले प्रजातन्त्र आएको महसुस गर्न पाएनन् । प्रजातन्त्रभित्र झनै छाडातन्त्र मौलाउदै गयो भ्रष्टाचारहरु बढ्दै गए । सत्तामा बसेकाहरुले ठूला ठूला घोटाला गर्दै गए । लाउडा प्रकरण देखि सुडान घोटाला सम्मका घटनाहरु भए । बिगतमा जे थियो त्यहि परिस्थिति दोहोरियो । सत्ता टिकाउन सांसद खरिद बिक्रीको खेल त्यसका लागि भ्रष्टाचार कुशासनले ठाउ लिदै गयो । ब्यवस्था प्रतिको बितृष्णा बढ्दै गयो । जनतासंग बिकल्पनै थिएन । त्यहि पाटी तिनै नेता र त्यहि शासन प्रणाली । सरकार परिर्वतनको खेल , पार्टीहरु सत्तामा जानका लागि पार्टी फुटाउने सम्मको खेल शुरु भयो । सत्ता समिकरणको खेलले राजनैतिक अस्थिरता बढायो ।
राजनैतिक अस्थिरता संगै ०५२ मा माओवादी युद्ध शुरु भयो । माओवादी युद्ध आफ्नै नेता र कार्यकर्ताका लागि लुट मच्चाउन बाहेक केहि थिएन । एकादुई नारा मात्रै देखाउनका लागि थिए । लुटपाट र चन्दा असुलीमा टिकेको थिया माओवादी युद्ध । जस्ले मुलुकमा झनै ठूलो गरिवी बेरोजगारी, युवाहरुको बिदेश पलायन, बेथिति र अस्थिरता ल्यायो । माओवादी युद्ध कै दौरानमा राजदरवार हत्या काण्ड भयो । जसमा राजा बिरेन्द्रका सबै सन्तानको हत्या भयो र बंश पनि बिनास भयो । राजा बिरेन्द्र पछि ज्ञानेन्द्र राजा भए । ज्ञानेन्द्रले प्रत्यक्ष शासन चलाउन मंत्री परिषदको अध्यक्ष समेत भए । त्यो बेला शेरबहादुर देउवा प्रधानमंत्री थिए । शेरबहादुर देउवाले स्थानिय निकाय भंग गरे । मुलुक स्थानिय जनप्रतिनिधी बिहिन बन्यो । राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते देउवालाई हटाएर आफैले प्रतक्ष्य रुपमा शासन गर्न थाले । राजाको प्रतष्य शासन बिरुद्ध नेपाली जनता एकजुट भए । दलहरुको नेतृत्वमा नेपाली जनताले फेरी आन्दोलन गरे । ०६२ । ०६३ को सालको आन्दोलनले लोकतन्त्र ल्यायो । नेकपा माओवादी पार्टी पनि शान्ति प्रकृयामा आयो । माओवादी पार्टी शान्ति प्रकृयामा आएको १५ बर्ष भयो तर युद्ध कालिन घाउहरु अझै आलै छन् । चन्दा नदिएको कारण गरिएको शिक्षक हत्या । लेखेको कारण पत्रकारको घाटी रेटर हत्या, त्यसैगरी शिक्षकको हत्या, कयौ श्रृंखलाबद्ध हत्या र अंगभंगहरु भए । लुटपाट र राज्य पक्षबाट भएको बलात्कारका घटनामा दोषी उपर कुनै कारवाही हुन सकेको छैन । अहिले त्यतिबेला टाउकाको मूल्य तोक्ने शेरबहादुर नेतृत्वको सरकार (राज्यपक्ष) र माओवादी पार्टी बिद्रोही पक्ष सत्ताका लागि घाँटी जोडेका गरेका छन् । बिद्रोही पक्षको र राज्य पक्ष जे भने पनि आखिर मारिने जनता पक्ष नै हुन । माओवाली युद्धकालमा १७ हजार मानिस भारिए । धेरै ब्यक्तिहरु बेपत्ता भए । अंगभंग र घरवार बिहिन भए । आमा बाबुहरु सहारा बिहिन भए । छोरछोरी टुहुरा भए । श्रीमतिको सिन्दुर पुछियो । तर त्यसको जवाफदेहिता नत राज्य पक्षले नै लियो न माओवादीले । त्यसैका नाममा शान्ति मिशनहरु आए । सत्य निरुपण र बेपत्ता छानबिन आयोगहरु बन्यो तर पीडितले न्यायको अनुभूति गरी काम गर्न सकेको छैन । आयोगमा पनि दलिय भागबण्डा भएकोले न्याय दिलाउन सकेको छैन ।
परिर्वतनको नारा दिएर गरिएको युद्धबाट परिर्वतन होईन उहि पुरानै बिकृति दोहोरिन पुगेको छ । बिगतमा २०५० देखि ०५८ सम्म भएका राजनैतिक बिकृतिहरु फेरी दोहोरिन थालेका छन् । पछिल्लो पटक सर्बोच्च अदालतले परमादेश जारी गरी शेरबहादुर देउवालाई प्रधानमंत्री बनाए पछि । सांसदहरुको खरिद, पदको बाडफाडको क्रम चलेको छ । सर्बोच्च अदालतले फ्लोरक्रस गर्दा पनि पार्टीको ह्वी नलाग्ने सम्मको फैसलामा उल्लेख गरे पछि पार्टी भित्र अनुशासन हराएको छ । एउटा दलको झण्डा बोकेर चुनाव जित्ने र जिते पछि सरकारमा जानका लागि वा मंत्री बन्नका दाम्लो चुडाउने हर्कतले कहिल्यै पनि राजनैति स्थिरता कायम हुन सक्दै र अनुशासन रहदैन । सर्बोच्चको यस पटकको फैसला आग्रह पूर्वाग्रह राखेर गरिएको बिज्ञहरु बताउछन् । सर्बोच्चले खास गरी एउटा पार्टीका नेतालाई सत्तामा पुर्याउनका लागि अर्को पार्टीको अनुशासन तोड्ने गरी फैसलामा ब्याख्या गरेको निश्कर्ष कानुनबिद्हरुको छ । सर्बोच्च अदालतको फैसलाले अवका दिनहरुमा पनि राजनैतिक अस्थिरता ल्याएको । यो फैसलाले निर्दलियताको अभ्यास गराएको छ । जुन कुरा हाम्रो संबिधान र राजनैतिक दल सम्बन्धी कानुन्मा समेत उल्लेख छैन । सर्बोच्च अदालतको यो फैसलाले आफ्नो निश्पक्षता समेत गुमाएको कानुनबिद्हरुको धारणा छ । एउटै प्रकृतिका मुद्धामा एउटा राजनैतिक पार्टीको हकमा एउटा फैसला र अर्को राजैतिक पार्टीको हकमा अर्को फैसला गरिनुले स्वतन्त्र न्याय पालिकाको हैसियतमाथी प्रश्नचिन्ह खडा भएको छ ।
नेपालमा विगत ३० वर्षदेखिको शासन प्रणालीमा दलीय अभ्यासको लेखाजोखा गर्दा व्यवस्था असफल भएको निस्कर्षमा पुग्न कठिन नहोला । जुन आशा, आकांक्षा र भरोसाका साथ नेपाली जनताले पटक पटक व्यवस्था परिवर्तनका लागि आन्दोलनमा गरे त्यो अहिले ब्यर्थ जस्तै साबित भएको छ । राजनैतिक परिर्वतनका नाममा जनता आफै पराजित र पिडित बन्नु परेको छ । बिगतकै बेथिति, भ्रष्टचार, र राजनैतिक असतब्यस्थताले मुलुक गस्रित छ । लोकतान्त्रिक मूल्य, मान्यताको अनुभूति आवधिक निर्वाचनमा बाहेक गर्न पाईदैन । बिधी पद्दती अनुसार राज्य सञ्चालन हुन सकेन । राजनैतिक नेतृत्व सत्ता हत्याउने र कर्मचारीतन्त्र राज्यको श्रोत दोहन गर्ने उपायमा लिप्त देखिन्छन् ।
शक्ति पृथकिकरणको सिद्धान्त राज्य संचालनकोे अनिवार्य शर्त हो । जसले विधायिका, कार्यपालिका र न्यायपालिलाई एकअर्काको हस्तक्षेपबाट मुक्त बनाउछ । सत्ताको स्वेच्छाचारीतामा लगाम लगाउनका साथै सरकारका काम कारवाहीमा सन्तुलन तथा नियन्त्रण कायम राख्न दुई अंगहरुले खवरदारी गर्दछन् । बिधायीका र न्यायपालिको गतिबिधी माथी पनि खवरदारी हुन्छ । तर अहिले न्यायपालिकाले गरेको अभ्यासले सबै अंगहरुमाथी आफै हावी भएको देखिन्छ । राजनैतिक दलिय आधारमा हुने न्यायाधिसको नियुक्तिले दलिय अभ्यास भन्दा माथी उठेर न्याय सम्पादन गर्नु न्यायिक स्वतन्त्रता हुने देखिन्छ । सर्बोच्च न्यायलयको पछिल्लो फैसलाले संबिधानको कार्यान्वयनमा समेत संकट पैदा गराएको कानुन्बिद्हरुको धारणा छ । संबिधान देखाउनका लागि राख्ने ग्रन्थ भन्दा बढी नभएको जस्तो देखिन्छ । राज्यको प्रमुख अंग मध्येको न्यायपालिकाले संबिधानको ब्याख्या मात्रै होईन रक्षा गर्न र प्रणाली जोगाउन लाग्नुपर्ने हो । कुनै राजनैतिक बिवाद न्यायपालिकामा आईसकेपछि न्यायालय हाबी भएर शक्तिको अभ्यास गर्नु एउटा बिषय होला तर राजनैतिक बिवाद हेर्नका लागि सिमारेखा कोरिनुपर्ने हुन्छ र संबिधान पनि प्रष्ट लेखिनु जरुरी छ । यसरी फेरी पनि नेपाली जनताले पटक पटको राजनैतिक स्थायीत्व र बिकासका लागि गरेको प्रणाली परिर्वतनको आन्दोलन ब्र्यथ साबित भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->