आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

स्थानीय तहका अधिवेशन असोज ९ गतेभित्र सक्ने निर्णय

स्थानीय तहका अधिवेशन असोज ९ गतेभित्र सक्ने निर्णय

साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाईयो


  • ढोरपाटन सम्वाददाता
  • साउन १७ २०७८, आइतबार

काठमाडौं, १७ साउन– नेकपा एमालेले स्थानीय तहका कमिटीहरूको अधिवेशनका लागि डेडलाइन तोकेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ गतेसम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
त्यस्तै, साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । सोमबार दिउँसो ३ बजे पुनः स्थायी कमिटी बस्ने निर्णय गरी नेताहरू उठेका छन् । महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै २०७५ जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->