मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

एमसीसीले सम्झाएका केही कुरा

एमसीसीले सम्झाएका केही कुरा


  • शिवप्रसाद पाण्डे
  • साउन १९ २०७८, मंगलबार

एकपटक एउटा गाउँको बाटो जाँदै गर्दा केही व्यक्तिले बाटोमा लौरो तेस्र्याए । हामी बाटो छेउबाट जान खोज्यौँ । किन बाटोबाट नहिँडेको भन्दै निहुँ खोजे । लौरो नाघेर जान खोज्दा किन लौरो नाघेको भन्दै निहुँ खोजे। कुप्रो परेको व्यक्तिलाई उठ्दा पनि दुःख बस्दा पनि दुःख भनेझँै भयो । देशमा एमसीसी पसिसक्यो । पसाइसकियो । कि पास गर कि अस्वीकार गर भनिसकियो । अब अस्वीकार गर्ने तहदेखि यो अघि बढिसकेको छ । यो नेपालीले दुःख पाए कठैबरा भनेर आएको होइन । यसमा के लेखेको छ ? देशलाई पराधीन बनाउने कुरा लेखेको छैन भन्दै कुतर्क गर्ने पनि छन् । यो र यस्तै भित्र्याउँदा अन्यत्र के भएको छ हेर्नु पर्दछ । कसैको असर तत्काल देखिन्छ । कसैको दीर्घकालमा देखिन्छ । चिन्हलाई लेख्नुपर्ने तर पढनु नपर्ने हुन्छ । यस्ता संझौतामा लेख्नु नपर्ने तर पेटबोली बुझनु पर्ने कुरा धेरै हुन्छन् । पहिले मासु र दूध महंगो किनिदिने र खाध्यान्न सस्तोमादिँदा जमिन बाँधो पारियो । पछिमाथिको ठीक उल्टो स्थिति बनाइयो । यस्तो दुर्दशा भियतनामले व्यहोरी सकेको छ ।

शक्ति राष्ट्रहरुको यो एउटा पासो हो । सियो बनेर पस्ने मुसल बनेर निस्कने यसको विशेषता हुन्छ । भारतमा ब्रिटिश साम्राज्य एउटा सानो कम्पनीको रुपमा छिरेको थियो । त्यो पराधीनबाट उम्कन पछि लाखौँले बलिदान र कष्ट उठाउनु पयो । नेपालले खुकुरी खुँडा घुयत्रो बलले त्यसलाई रोकेको थियो । त्यतिखेरका नालायक शासकहरुले गर्दा ठूलो भूभाग गुमाउनु मात्र परेन । असमान सन्धि संझौता समेत गर्न प¥यो । भारतसँग राष्ट्रघाती संझौताको श्रृखला चलिरह्यो । यसबाट उत्पन्न समस्याहरुको चपेटामा नेपाली पिल्सिरहेका छन् । नेपालमा भएका जति राजनीतिक घटना परिघटनाहरुमा वाह्य शक्ति सार्थक रुपमा संलग्न भएको पाइन्छ ।
नेपालमा राजपरिवारको वंशनाश हुने गरी भएको हत्या काण्डमा स्वचालित बन्दुक घुमीघुमी, मानिस छानिछानी मार्न चल्यो । कुनै गोली खुट्टामा कुनै छाति र टाउकोमा हान्नलाई यो वरिपरि मात्र घुमेन तलमाथि पनि ग¥यो । त्यसबारे भटटट जाँचबुझ आयोगले दिएको प्रतिवेदन पत्याउनुको अर्को विकल्प थिएन । त्रिशुलीमा जिप खस्दा जिवराज आश्रितको मृत शरीर ठाउँठाउँमा भाँचिएको र चोटपटक लागेको अवस्थामा भेटिन्छ । सँगै बसेका ड्राइभर अमर लामाका कपडा पनि नभिज्नु र मदन भण्डारीको शव धेरै दिनपछि कट्टुमात्र लगाएको अवस्थामा त्रिशुलीमा नुहाउन पसेकोजस्तो भेटिन्छ । सबैले यो हत्या नै हो भने । आयोग बनाइयो । श्रीमती राष्ट्रपति बनिन् तर सत्यता बाहिर निस्केन । सत्य निरुपण, मेलमिलाप, वेपत्ता,घाइतेआदि कुरा अहिले तपसिलबाट पनि हटदै छन् ।
आफू सत्ताबाहिर हुँदा वैदेशिक हस्तक्षेप भएको चर्को आवाज उठाउने तर सत्तामा हुँदा आफैले यसलाई बोकेर पसाल्ने संस्कृति प्रष्ट देखिएको पक्ष हो । पंचायत कालमा तुलानात्मक रुपमा यस्तो नांगो रुप कमै देखिएको थियो । राजसंस्थाले आन्तरिक रुपमा दलित, जनजाति मधेशीलाई विभेद गरेकै हो । मस्याहा जाति मासिनबाट जोगिएरै आएकै हो । भारतको सीमानामा पुनर्वास गराएको कार्य सीमाना रक्षार्थको दृष्टिकोणले प्रकारान्तः राम्रै मान्न सकिन्छ । राजाको दिल्ली शरण, विद्रोही र सरकारसँग संझौता, कांग्रेसको पुख्र्यौली भारतपरस्तनीति, मधेसीसँगको कानेखुसी जस्ता कुरा भारतको लागि राम्रा पक्ष बन्दै आएका छन् । भारततिरबाट नेपालमा ढुङ्गा हान्ने र हरिया पुराना प्लाष्टिकका कुर्सीमा बसी याचना गरेका दृश्य सर्वसाधारणले पनि देखेको हुँदा अस्वाभाविक लागेका हुन् ।
देशको वर्तमान खेलखाल आरोप प्रत्यारोपमा वैदेशिक हस्तक्षेप निरपेक्ष देख्ने र देखाउने कुरा गर्नु पनि सोह्रैआना गलत हो । देशको महत्वपूर्ण सूचना मात्र होइन, नेताहरुको काला कर्तुत बाहिर सुरक्षित राखिएको छ । नत्थी लगाएर दायाँ बायाँ गर्ने ठाउँ दिइएको छैन । आफ्नो काम सम्पन्न गर्नु महत्वपूर्ण हुन्छ । यो काम रामले ग¥यो कि हरिले ग¥यो भन्ने गौढ कुरा हो । धेरै नोकर राखेकाले नोकरलाई नामले नबोलाई नम्बरले बोलाउने प्रचलन पनि रहेको छ । पाटीको सिद्धान्त दर्शन,चुनावको घोषणापत्र, विदेशी हस्तक्षेपको भक्त, देशका दलालसँग चोचोमोचोे आदि धेरै पक्षसँग तालमेल मिलाइराख्न नेता कुशल हुनु पर्दछ । यसैको परिणाम होली वाइन, ईश्वरको नाममा शपथ नलिनेदेखि पशुपतिमा सुनको जलहरी, रामभक्तको नाइकेजस्ता विरोधाभास कुरा एकै समयमा देखिएका छन् । चम्चाकारी रुपमा रातरात पाटी एकीकरण र विघटनको खेललाई पनि यसैसँग जोडन सकिन्छ । आधाआधा समय शासनको लागि गोप्य भागबण्डाको तमसुक गर्नु आफैमा नैतिक देखिँदैन । पछिको आधा समय चाहेर पनि पदमा रहन नसक्ने दैवि, प्राकृतिक र वैज्ञानिक आधार देखाउनु साथै यही आधारलाई स्वीकार गर्ने नियत झन महाअनैतिक हो । देशमा केही पनि काम भएको छैन भनि एकथरिको निरपेक्ष रडाको सुनिन्छ भने अर्कोथरी सबै भएको छ भन्दै पलाक्दै छन् । दुबै गलत भए पनि दोस्रो भनाइमा दम देखिन्छ ।केही विकास र भ्रष्टाचारलगायतका सबै कुकर्म भएका छन् ।
देशमा वैदेशिक सहयोगमा स्थापना भएका उद्योगहरुमध्ये धेरै प्रजातान्त्रिक समाजवादले सक्यो । बचेखुचेका खाटी समाजवादले सक्यो । अहिले नेपालको एकमात्र ध्वजाबाहक कम्पनि नेपाल एयलाइन्सलाई बेचिँदै छ । बन्दाबन्दीमा यतिलाई एकलौटी काम गर्न दिने, एनएलाई नदिने गरी राखियो । अब त्यही कम्पनीलाई उसैको पोल्टामा कौडीको मूल्यमा हालिँदै छ । प्रतिपक्षीहरु नदीमा बग्दै गरेको सिनुमाथि समुद्रमा मिसिँदाको जस्तो छट्पटाएको स्थितिमा छन् । सत्ता पक्ष नदीको बगरमा भएको सिनुमा भएका कागहरु केही समय रमाए पनि कागहरु थपिदै जाँदा राम्रो मासु आफूले खान लुछाचुँडी गर्ने अवस्थामा रहेको देखिन्छ । अन्त्यमा यही भन्न सकिन्छ –
विरोध र समर्थन आलोपालो स्याल हुइयाँ चलिरहन्छ ।
केहीलाई त आवाधिक सत्ता तथा डलर फलिरहन्छ ।
देशको आफ्नोपन र स्वतन्त्रता दिनदिनै ढलिरहन्छ ।
देशभक्त स्वाभिमान वीर नेपालीको मन जलिरहन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->