मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

भारतको अमानवीयताविरुद्ध कहिले बोल्ने सरकार ?

भारतको अमानवीयताविरुद्ध कहिले बोल्ने सरकार ?


  • दुर्गा भण्डारी
  • साउन २१ २०७८, बिहिबार

भारतको मिचाहा प्रवृत्तिका कारण नेपालको सीमा क्षेत्रका नागरिकहरु पीडित बन्नु परेको छ । दिनदहाडै भारतीय सीमा सुरक्षबल (एसएसबी) नेपाल पसेर कुटपीट लुटपाटसमेत मच्चाउने काम गर्दै आएका छन् । कहिले सीमा क्षेत्रमा सडक बनाएर त कहिले बाँध बाँधेर, नेपाली भूभाग डुबाउने गरेको छ । धेरैजसो ठाउँमा सीमा मिचेर दुःख दिइरहेको छ । वर्षौंदेखि खेतीपाती गरेर खाइरहेको लालपुर्जासमेत भएको जग्गा भारतले हड्प्ने प्रयास जारी छ । नेपाल र भारतको सीमा क्षेत्रमा बस्ने नेपालीहरु, भारतको हेपाहा प्रवृत्तिको शिकार बन्दै आएका छन् । कतिपय नागरिकहरु प्रतिकार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाटसमेत मारिएका घटना छन् । नेपाली नागरिक मारिँदा, नेपालीलाई लुटपाट गर्दा अनावश्यक दुःख दिँदासमेत नेपाल सरकार मुकदर्शक बन्ने र उल्टै घटना ढाकछोप गर्न लागेको छ । वर्षौँदेखिको भारतीय हस्तक्षेप र हेपाह प्रवृत्तिविरुद्ध कुनै पनि सरकार खुलेर बोल्न सक्दैन । जसले भारतीय हस्तक्षेपको विरुद्ध प्रतिकार गर्छ, उसलाई भारतले सरकारमा टिक्नसमेत दिँदैन ।
२०७२ सालमा केपी ओलीको सरकारले भारतले गरेको नाकाबन्दीविरुद्ध आवाज उठायो । तर, त्यो केपी ओलीलाई भारतले सरकारमा टिक्न दिएन । केपी ओली बिरुद्ध नेपालकै नेताहरु खनिएर सरकार हटाउने खेलमा लागे । पछि फेरि २०७४ मा एमाले र माओवादी पार्टी मिलेर चुनावमा भाग लिए । केपी ओली सरकारको लोकप्रियताले गर्दा माओवादीसमेतले राम्रो सिट हाँसिल ग¥यो । केपी ओलीको सरकारलाई सुरुदेखि नै भारतीय हस्तक्षेप मन परेको थिएन । भारतसँग मात्रै एकल पारवाहन सम्झौता गरिएको थियो । तर, केपी ओलीले चीनसँग पनि पारवाहन सम्बन्ध बिस्तार गर्नुभयो । भारतले ५२ वर्षदेखि सैन्य अखडा राख्दै आएको नेपाली भूभाग लिपुलेक लिम्पीयाधुरा र कालापानी क्षेत्र जसलाई भारतले आफ्नै ठानेको थियो । सो भूभाग समेटेर संसदबाटै नक्सा जारी गर्नुभयो । भारत र नेपालको सीमानामा सुरक्षाका लागि नेपाल सरकारले सशत्र प्रहरीको, २१ ठाउमा बोर्डर अब्जरभेसन पोष्ट (बीओपी) खडा गरेको लगायत नेपालको गतिविधि भारतलाई मन परेको थिएन । माओवादी र एमाले भित्रकै नेताहरुको प्रयोग गरेर केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारलाई भारतले ढलायो । त्यतिमात्रै होइन, एमाले पार्टीसमेत धरासायी बन्न पुग्यो । राष्ट्रिय हित र स्वार्थको पक्षमा काम गर्ने केपी ओलीविरुद्ध चौतर्फी घेराबन्दी गरियो ।
हालसालै फेरि यस्तै घटना दोहोरिएको छ । नेपालको सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई भारतीय सुरक्षा बल (एसएसबी) ले ओहोरदोहोर गर्ने क्रममा अमानवीय व्यवहार गरेको छ । दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा स्थानीय जयसिंह धामी महाकाली नदीमा खसेका छन् । यस्तो अमानवीय काम गर्दासमेत नेपाल सरकार मौन बसेको छ । उल्टै घटनाको ढाकछोप गर्न तुइन, चुडिएको भन्ने समाचार प्राथमिकतामा परेको छ । जिल्ला सदरमुकाम हुँदै काठमाडौं आउनका लागि सीमानदी महाकालीमा लगाइएको तुइन तर्दै गर्दा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतीय सीमा सुरक्षा बलको मानवताविरोधी अपराधको शिकार भए । वैदेशिक रोजगारीमा जानका लागि जिल्ला सदरमुकाम आउन लाग्दा तुइन काटिदिएर महाकाली नदिमा खसेका उनी बेपत्ता छन् । प्रत्यक्षदर्शीले तुईनबाट महाकाली नदी तर्दा एसएसबीले डोरी काटेको बताएका थिए । एक्काइसौं शताब्दीमा पनि यस्तो अमानवीय व्यवहार हुनु दुःखद र खेदजन्य छ । नेपाल भारत खुला सीमाना भएको कारण भारतीयहरु निर्वाध रुपमा नेपाल आउने पेशा रोजगारी गर्ने परम्परा पुस्तौँ देखिकै हो । भारतले पनि नेपालको सडक प्रयोग गरिरहेको हुन्छ । सीमा क्षेत्रका नागरिकहरुमा कुनै तिक्तता छैन । तर भारतीय सरकार र प्रशासनले बेलाबेला सीमा क्षेत्रका नेपाली नागरिकमाथि अमानवीय व्यवहार गर्दै आएको छ । भारत सरकार र प्रशासनले यो चुनौति नेपाल सरकारलाई दिन खोजेको हो । जे गर्दा पनि नेपाल सरकार बोल्दैन भन्ने भारतीय मनोविज्ञानका कारण समस्या बल्झिने गरेको छ । सीमा क्षेत्रका नेपाली नागरिकहरु भारतीय एसएबीबाट यसरी प्रताडीत हुनुमा नेपाली शासकहरु जिम्मेवार देखिन्छन् । नेपालीहरु स्वाभिमान र आत्मनिर्भर बन्न नसक्नु, भौतिक विकास हुन नसक्नु नै प्रमुख कारण हो । नेपालको स्थायित्व र विकास भारतले कहिल्यै पनि चाहँदैन । नेपालका नेताहरुलाई सत्तामा पु¥याउने खेल भारतले खेल्दै आएको प्रष्टै छ । कहिले कसलाई सत्तामा पु¥याउने र कहिले कसको सत्ता खोस्ने काम भारतीय पक्षले गर्दै आएको छ । स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न देश भए पनि नेपालमाथि भारतको निरन्तर हस्तक्षेप चलिरहेको छ । नेपालका नेताहरु आफू सत्तामा पुग्न र बसिरहनका लागि मुलुकको स्वाभिमान समेत बन्धक राख्ने गरेका छन् । उनीहरुलाई देश र जनताको माया होइन, सत्ता प्यारो छ । केही वर्षयता नेपालका कम्युनिष्टहरु एक भएर देश विकास र निमार्णको प्रक्रियामा जुट्दै थिए । मुलुक आत्मनिर्भर बनाउन प्रयास गर्दै थिए । मुलुक स्वाभिमानी भइसकेको थियो । जसको नेतृत्व केपी ओलीले गर्नुभएको थियो । तर, देशी विदेशी प्रतिक्रियावादीहरुले कम्युनिष्ट एकतालाई भाँडिदिए । छिन्नभिन्न पारिदिए । नेपालका भारतपरस्त नेताहरुमा कहिल्यै यस्तो सद्बुद्धि पलाएन । आज नेपालको सबै भूभागमा सडक संजाल जोडिन्थ्यो भने जयसिंह धामी तुइन काटिएको कारणबाट मारिनुपर्ने अवस्था हँुदैनथ्यो । उनका कलिला सन्तान टुहुरा हुनुपर्ने थिएन ।
गत वर्ष केपी ओली सरकारले नेपालको चुच्चे नक्सा प्रकाशित गर्दा देशमा केही जागरण आएको थियो । सेना र सशस्त्र प्रहरीसहित नेपालका सीमा क्षेत्रमा बोर्डर अब्जरभेसन पोष्ट (बीओपी) बिस्तार गरिएको थियो । कालापानी क्षेत्रमा सडक पु¥याउन गोरेटो खन्न थालिएको थियो । भारतले महाकालीपारि बनाइरहेको सडकले यताको सडक मिचेको छ, । खोलाको भेल नेपालको पहाडतिर धकेलिएको छ । यी यावत् विषयले धेरै पाटाको संकेत गर्छन् । भारत नेपालको विश्वसनीय र असल छिमेकी बन्न सकेको छैन । मौका पाउँदा नेपालीलाई हेप्छ, भन्ने पटकपटकको घटनाले प्रष्ट पारेको छ । सीमा मिच्ने काम रोकिएको छैन । नेपालभित्र छिरेर भारतीय सीमा सुरक्षा बलले मानिसको ज्यानसमेत लिएको छ । आफ्नै नागरिकलाई आन्तरिक आवागमनको व्यवस्थासमेत गर्न नसक्ने राज्यले जनताको रक्षा गर्न नसक्नेमा मानसिकता देखिएको छ । अझ रणनैतिक सुरक्षा र हितको कुरा त धेरै टाढा भयो । गुहमन्त्री बालकृष्ण खाँडले भारतसँग घटनाको बारेमा जानकारी माग्नुपर्छ भनेर तुईन आफै चुडिएको कपोकल्पीत घटना बनाए पनि संसदमा यसबारे कुरा उठिरहेको छ । घटनाको बारेमा सत्य तथ्य बाहिर ल्याउन नेकपा एमाले र नागरिकले माग गरेको छ । एमालेले भारतसँग औपचारिक रुपमामै विरोध गर्न एमालेले सरकारसँग ससद्बाट माग गरेको छ । दार्चुलाबाट प्रतिनिधित्व गर्ने एमाले सांसद गणेश सिंह ठगुन्नाले माग गर्नुभएको हो । सरकारले संचार माध्यमले बढाइचढाई गरेको भनेर उल्टै हतोत्साही गर्न खोजेको छ । आफ्नो देशका नागरिकलाई तुइन काटेर महाकाली नदीमा वेपत्ता बनाउने भारतीय सिमा सुरक्षाबलको अमानवीय र क्रुर व्यवहारको विरोध जनाउनुपर्नेमा ढाकछोप गर्न खोज्नु विडम्बना हो ।
अहिलेचाहिँ भारतको हेपाहा, मिचाहा र हत्यारा सीमा सुरक्षा बलका क्याडरमाथि कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषय महत्वपूर्ण हो । भारतले नेपालसँग यसका लागि माफी माग्नुपर्छ, सम्बन्धित अधिकारीलाई व्यक्तिहत्याको अपराधमा मुद्दा चलाउनुपर्छ । यसका लागि नेपाल सरकारले तत्काल कदम चालोस्, नेपाली जनताको साथ छ । जसरी भारतको हेपाहा गतिबिधी बिरुद्ध निर्वमान प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग कुरा राख्नुहुन्थ्यो । नेपाल र नेपालीको शिरलाई उचो बनाउने काम गर्नुभएको थियो । त्यसैगरी यो सरकारले पनि भारतीय थिचोमिचो र अमानवीय व्यवहारको डटेर बिरोध गर्नुपर्छ ।
तर गृह मन्त्रालय खाँडले दार्चुलमा तुइनबाट खसेर नेपाली युवक जयसिंह धामी वेपत्ता भएको घटनाको छानविन गर्न भनेर गठन गरेको समितिले सत्य तथ्य बाहिर ल्याउन नसक्ने देखिन्छ । तुइनबाट खसेर भन्ने शब्द नै आग्रह बोकेको हो । त्यसमाथि सबै आफ्नै मन्त्रालय मातहतका कर्मचारीहरु छन् । सरकारले जे चाह्यो, त्यही हुने देखिन्छ । पीडितले न्याय पाउन नसक्ने र भारतले नेपाल र नेपालीमाथी निरन्तर थिचोमिचो गरिरहने छ । दुई तिहाई जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारेर धेरै दलका गठजोडमा, सर्वोच्च अदालतको परमादेशबाट बनेको यो कम्र्फटेवल सरकारले नेपाल र नेपालीको स्वाभिमानका लागि भारतीयपक्षसँग प्रतिकार गर्ने हैसियत राख्दैन । भारतीय शासकले गरेको अत्याचार र अमानवीय यातना सहनुपर्ने अवस्थाको अन्त्य हुने कहिले हुने भन्ने प्रश्न खडा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->