एजेन्सी/ अति रुचाइने मान्छेसँग विशेषखालको चुम्बकीय गुण रहेको हुन्छ । उनीहरु अपत्यारिला कथाहरु सुनाउन सक्छन्,आम मान्छेको भन्दा फरक खालको जीवन जिउँछन् । तर, पनि उनीहरु अरुलाई सम्मोहनमा पार्न सक्छन् । खासमा यस्ता व्यक्तिहरु संसारबारे जान्न उत्साहित हुन्छन् अनि आफ्नो पूरा क्षमता प्रदर्शन गर्छन् । निरस विषयलाई रुचिकर र मनोरञ्जनात्मक बनाउँछन् ।
त्यस्ता सम्मोहनकारी व्यक्तिहरुले वास्तवमा के गर्छन् त ?
१.उनीहरुमा कामप्रतिको लगाव बढी हुन्छ । यस्ता मान्छेहरु मेहनत मात्र गर्दैनन्, कामप्रति बढी लगाव देखाउँछन् । उनीहरुको यो लगावले अरुलाई प्रेरणा मिल्न पुग्छ ।
२.उनीहरु नयाँ गोरेटो कोर्छन् । आफ्नो रुचीले डोहो¥याएको क्षेत्रमा काम गर्छन् र धेरैजसो नयाँ काममा हात हाल्छन् । यस्ता कामहरु सुरुमा दुरुह मानिन्छ । नयाँ क्षेत्रको अनुभव तीतो पनि हुनसक्छ ।
३. उनीहरु आफ्नो पन लुकाउँदैनन् । सम्मोहनकारी मान्छेहरुको बानी अरुभन्दा फरक हुन्छ । समाजमा अमिल्दो हुन्छ तर उनीहरु पर्वाह गर्दैैनन् ।उदाहरणको लागि अरवपति वारेन बफेट अहिले पनि सामान्य जीवन जिउँछन्, जो अरवपतिको व्यवहारसँग मेल खाँदैन । उनी अहिले पनि सन् १९५८ मा ३१ हजार ५ सय डलरमा किनेको पुरानै घरमा बस्छन् । मानिसको अनुमानभन्दा फरक तालले जिउन सक्नु नै सम्मोहनकारीको विषेशता हो ।
४.उनीहरु आफूलाई ठूलो वा महान बनाउने कसरत नै गर्दैनन् । प्रोपोगाण्डाबाट टाढा बस्छन्, नयाँ विचारको सूत्रपात गर्छन् ।
५. उनीहरु आफ्नो घमण्ड ढोकाबाट निस्कँदा नै मापन गर्छन् । घमण्डीहरु प्रिय हुँदैनन् उनीहरु कृतघ्न हुन्छन् । अमेरिकन टेलिभिजन सेलिब्रेटी ओर्फा विन्फ्रेले स्टयान्फोर्ड विश्वविद्यालयमा बोल्ने क्रम भनेकी थिइन,‘आफ्नो घमण्ड कति छ भन्ने जाँच ढोकाबाटै सुरु गर्नुहोस् अनि आफूभित्र झाँक्नुहोस,मैले जीवनमा जे जति राम्रा निर्णय गरेँ त्यो मेरो पेटभित्रबाटै आएको हो र मेरा जीवनमा भएका ठूला गल्तीहरु म आफूले आफैलाई नसुनेर भएको हो ।’आफू कसरी राम्रो देखिन्छु भन्दापनि आफ्नो लक्ष्य, खुवीलाई बुझ्नेहरु नै सम्मोहनकारी हुन्छन् ।
६. सधैँ इच्छुक हुनु पनि सम्मोहनकारीको खुवी हो । स्टिभ जब्सले त्यसै अतृप्त रहू अज्ञानी बन् भनेका होइनन् । अल्बर्ट आइस्टाइनले आफूसँग अनौठो प्रश्न नसोधेको भए उनी सायदै महान बैज्ञानिक हुन्थे ।
७.र, यस्ता मान्छे आफूले जानको वा पत्ता लगाएको कुरा बाँढ्न माहिर हुन्छन् । उनीहरु आफ्नो रुचिभन्दा अर्काले के सुन्न चाहेको छ भन्ने कुरालाई केन्द्रमा राख्ने गर्छन् ।





