आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘खोप लगाएकैबाट संक्रमण फैलने डर’

‘खोप लगाएकैबाट संक्रमण फैलने डर’


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७८, शुक्रबार

पोखरा/पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्दीय सदस्य गगन थापाले खोप लगाएका व्यक्तिबाटै संक्रमण फैलिने डर रहेको जिकिर गरेका छन् ।
‘खोप लगाएका हामीहरु आफू सुरक्षित छु भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगर्दा खोप लगाएका व्यक्तिमा पनि संक्रमण बढ्ने डर बढिरहेको छ’,उनले भने,‘अझै हाम्रा लागि केही महिना ठूलो चुनौतिका रुपमा रहने हुँदा सुरक्षाका मापदण्ड पालना गर्नैपर्छ ।’
उनले कोभिड महामारी अझै डेढ वर्षसम्म लम्बिने अनुमान लगाएका छन् । सबैले खोप नपाएसम्म संक्रमणको जोखिम कायमै रहने उनको भनाइ छ । उनी नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता रामचन्द्र केसीको १३ औं पुण्यतिथिमा पोखरामा बिहीबारआयोजित श्रद्धाञ्जली सभामा बोल्दै थिए ।
नेता थापाले स्व. सूर्यबहादुर केसीलाई नेपाली कांग्रेसले उच्च स्थान दिएको हुँदा उनका परिवारजनलाई पनि राजनीतिमा सक्रिय हुन आग्रह गरे ।नेपाली कांग्रेस पोखरा वडा १४ का इकाइ सभापति बोधराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमा कांग्रेस कास्की नेता शुक्रराज शर्मा,पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेसकास्कीका सभापति कृष्ण केसी,केसी परिवारतर्फबाट रोशन केसीलगायतले स्वर्गीयरामचन्द्र केसी कांग्रेसको इमानदार कार्यकर्ता रहेको बताए ।विगतमा बीपी कोइरालासँग नजिक रहेर काम गरेका स्व. रामचन्द्र केसीको कोरोना संंक्रमणका कारण ६२ वर्षको उमेरमा गत साउन ९ गते निधन भएको हो । उनी स्वर्गीय सूर्यबहादुर केसीका भाइ हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->