आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

ओलीले गाली गरे पनि मेरो मन एकतामै छ : माधव नेपाल

ओलीले गाली गरे पनि मेरो मन एकतामै छ : माधव नेपाल


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०७८, शुक्रबार

काठमाण्डौ/ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन् ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता नेपालले अहिले पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताए । ‘केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु’ नेता नेपालले बैठकमा भनेका कुरा उद्धृत गर्दै नेता रघुजी पन्तले भने, ‘केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीको आशंका छ। तर म त्यस्तो नहोला भन्ठानेर एकतामा जोड दिन चाहन्छु।’ आज बसेको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा स्वागत गर्ने निर्णय गरेको छ।
‘साथै नेता पन्तले पार्टी एकताको ‘च्याप्टर क्लोज’ नभएको बताएका छन् । ‘एकताका लागि च्याप्टर क्लोज भएको छैन । हामी लतारिँदैनौं । सम्मानजनक एकताको पक्षमा छौं। एकताको मुल बाटोबाट बाहिरिएका छैनौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->