मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

क्रान्तिकारीहरु दक्षिणीपन्थको भ्रममा पर्ने छैनन्

क्रान्तिकारीहरु दक्षिणीपन्थको भ्रममा पर्ने छैनन्


  • सागर कुँवर
  • साउन २७ २०७८, बुधबार

‘का. कृष्ण पौडेलको अन्यौल र दिशाहीन कार्यदिशा’ शिर्षकमा क. वासुदेव पोख्रेलले युगदर्शन अनलाइनमा क. कृष्ण पौडेलले गत साता प्रकट गरेको विचारलाई ‘पुराना र वासी आक्षेप’ भएको बताएका छन् । वास्तवमा ‘पुराना र वासी आक्षेप’ क. वासुदेव पोख्रेल केन्द्रीय सदस्य रहेको नेकपा (मसाल)को नेतृत्वले लगाएको हो वा क. कृष्ण पौडेलले ? त्यो स्पष्ट हुनुपर्दछ र हुनेछ ।

उक्त क. पोख्रेलको लेखमा क. कृष्ण पौडेलले नेकपा (मसाल)को आठौं महाधिवेशनले लिएको कार्यदिशालाई दक्षिणपन्थी बताउनु ‘पुरानो र वासी आक्षेप’को संज्ञा दिएका छन् । स्वभाविक त यो छ कि क. वासुदेव पोख्रेलले आठौं महाधिवेशनको कार्यदिशाको ढाकछोप गर्नुपर्दछ । आठौं महाधिवेशनमा क. मोहन विक्रम सिंहको दक्षिणपन्थी संशोधनवादी लाइनलाई पारित गर्न क. पोख्रेलले पनि प्रयोग गरिएका पात्र थिए । त्यस प्रकारका पात्रहरुले क्रान्तिकारी कार्यदिशालाई अन्योल र दिशाहिन देख्नु कुनै नौलो विषय होइन । प्रतिक्रियावादीहरुसंग चोचोमोचो मिलाएर क्रान्तिकारीहरुको कत्लेआम गर्ने नीति अख्तियार गरेको मसाल नेतृत्व र दक्षिणपन्थी गुटले यसप्रकारका आधारहिन भ्रमहरुको जाल फ्याक्नु पनि कुनै आश्चर्य होइन ।

यो स्पष्ट छ ः नेकपा (मसाल)को आठौं महाधिवेशनपुर्व नै व्यबहारिक हिसाबले पार्टी दक्षिणपन्थी संशोधनवादमा गैसकेको थियो, आठौं महाधिवेशनले त्यसलाई अनुमोदन ग¥यो । आठौं महाधिवेशनको दौरानमा ग्राउन्ड लेभलमा क्रान्तिकारी राजनीतिक लाइन (अल्पमतको लाइन)को पक्षमा कार्यकर्ताहरु उभिएपछि मसाल नेतृत्वले सङ्गठनात्मक प्रणालीलाई ध्वस्त गरेर संस्थागत गुटबन्दी मच्चाएर नै महाधिवेशनमा आफ्नो लाइनको पक्षमा बहुमत पु¥याएको थियो । त्यो प्रकारको अवस्था तयार गर्न अल्पमत पक्षधर कमरेडहरुमाथी कारवाही अभियान चलाइएको थियो, त्यो रुसमा वोल्सेविकको बिसौँ पार्टी महाधिवेशनपछि खुश्चोभले चलाएको अभियानको नक्कल नै थियो ।

त्यसरी महाधिवेशन कब्जा गरेका मोहन विक्रम कमरेडले महाधिवेशन पछि पनि त्यो अभियानलाई निरंतरता दिए । त्यो अवस्थामा पार्टीमा भावनमात्मक एकता टुटेर गयो । त्यस स्थितीमा पार्टीमा एकता कायम गर्न र पार्टीलाई क्रान्तिकारी धारमा फर्काउन क. कृष्ण पौडेलले विशेष महाधिवेशनको मागसहित आफ्नो प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गरिरहनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनको पुनःगठनमा नेतृत्वदायी भुमिका कसले खेल्दछ, त्यसको नयाँ आधार पनि छिट्टै तयार भएको हुनुपर्छ र त्यसको लागि क्रान्तिकारी धु्रविकरण हुनु स्वभाविक छ ।

तर पार्टी केन्द्रले त्यसलाई बारम्बार अस्विकार ग¥यो । त्यो अवस्थामा पार्टीको क्रान्तिकारीकरण र एकताको लागि पार्टी सदस्यहरुलाई अपिल गर्नु विचारधाराको हिसाबले त्यो अनुशासनभन्दा बाहिरको विषय बन्न सक्दैन । मोहन विक्रमले नेकपा (मसाल) एउटा क्रान्तीविरोधी पार्टीमा रुपान्तरण गरेपछि त्यो भित्र रगत पसिना बगाएका कमरेडहरुले क्रान्तिको लागि काम गर्नु कुनै नाजायज छैन र हैन ।

उक्त लेखमा पोख्रेल जिले वैध समुहले संघियता समर्थन गरेको र त्यो संगको धु्रवीकरण कसरी हुन्छ भन्ने प्रश्न समेत तेर्साउनु भएको रहेछ । राजनीतिक हिसाबले विचलित र असन्तुलित भएपछि त्यही खालका तर्कहरु आउनु खास गलत होइन । क. कृष्ण पौडेलले कम्युनिष्ट आन्दोलनकै क्रान्तिकारी धु्रविकरणको कुरा उठाएको विषयलाई वैध समुहसंग जोड्नु राजनीतिक दिवालियापन बाहेक अर्को होइन । यसमा अझ यो स्पष्ट छः नेपालको कम्युनिष्ट आन्दोलनकै पुनःगठन अनिवार्य छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको पुनःगठन गर्ने त्यति सहज नभए पनि त्यो अनिवार्य बनेको छ । त्यसरी पुनःगठन हुने कम्युनिष्ट आन्दोलन केवल संगठनात्मक रुपमा मात्र पुनःगठन हुने होइन । सैद्धान्तिक, वैचारिक राजनीतिक र सङ्गठनात्मक सबै प्रकारले नै पुनःगठन हुने हो । नेपालको कम्युनिष्ट आन्दोलन आजको अवस्थामा क्षतविक्षत हुनका कारणहरु के–के हुन् ? आजको नेपालको अवस्था, अन्तराष्ट्रिय परिस्थिति, भु–राजनीतिक अवस्था तथा कम्युनिष्ट आन्दोलनमा हुन नसकेको साँस्कृतिक रुपान्तरण माथी व्यापक खुल्ला बहस अनिवार्य छ । वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्न नयाँ जनवादी क्रान्तिको आधारभुत तयारीसहित क्रान्तिकारी पार्टी निर्माण केही गुट उपगुटको टुटफुट र एकताले मात्र सम्भव छैन । त्यसको लागि महान बहससहित नेपाली कम्युनिष्ट आन्दोलनको पुनःगठन हुनुपर्दछ । त्यसरी नेपाली कम्युनिष्ट आन्दोलनको पुनःगठनमा नेतृत्वदायी भुमिका कसले खेल्दछ, त्यसको नयाँ आधार पनि छिट्टै तयार भएको हुनुपर्छ र त्यसको लागि क्रान्तिकारी धु्रविकरण हुनु स्वभाविक छ । ध्रुविकरणको अर्थ पार्टी एकता वा विलय भन्ने त होइन । स्वयम् मोहन विक्रमले नै दुई वर्षसम्म मोहन वैद्य नेतृत्व माओवादीसंग पार्टी एकताको छलफल चलाएका थिए, त्यो बेला पनि त्यो समुहले संघियता स्विकारेकै थियो र छ । त्यो एउटा कार्यनीतिक प्रश्न मात्र हो ।

क्रान्तिकारी पार्टी निर्माण गर्ने क. पौडेलको भनाइलाई लफ्फाजी बताउने पोख्रेल जि’ले यो बुझ्न आवश्यक छ कि गैरमाक्र्सवादी लेनिनवादीहरुले क्रान्तिकारी पार्टी निर्माण अभियानलाई लफ्फाजी नै देख्दछन् । शब्दजालभित्र रोमलिएको नेकपा (मसाल) नेतृत्व र त्यसको केन्द्रीय समितीले प्रतिक्रियावादीहरुको खेतला बनिरहेको अवस्थामा एउटा माक्र्सवादी लेनिनवादी पार्टी निर्माण गर्ने सोचाइलाई गलत देख्नु दक्षिणपन्थी विचलनको सार्वजनिक अभिव्यक्ती नै हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->